अमेरिकामा नेपाली सुन्दरीहरू…(तस्विरसहित)

706
  •  
  •  
  •  

काठमाडौ, ७ भदौ(ओएनएस) : आज अमेरिकामा नेपाली सुन्दरीहरूको मिस नेपाल युस २०१४ नामक प्रतियोगिता हुँदैछ । आज साँझ अमेरिकाको न्युयोर्कमा रहेको क्विन्स थियटरमा हुने चौथो मिस नेपाल युएस प्रतियोगितामा उपाधीका लागि १४ प्रतिष्पर्धीले भाग लिँदैछन् ।

Participants Cover Photoछानिएर फाइनलसम्म पुग्न सफल प्रतिष्पर्धीहरूले आज उपाधीका लागि आफूलाई अब्बल देखाउन प्रयत्न गर्नेछन् । आजको कार्यक्रममा अमेरिकामा नै बसोबास गर्दै आएका र केही समय अघि अंग्रेजी गीत गाएर निकै चर्चा कमाएकका भीम निरौलाले पनि प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी समय अनुसार आज साँझ७ बजेदेखी हुने उक्त कार्यक्रममा को-को सहभागी छन् र कस्ता छन् प्रतिष्पर्धी ?
ब्याख्या लामिछानेः
Byakhya Lamichhaney५ फिट ५ इण्च उचाईकी ब्याख्या २५ वर्षकी छिन् । अमेरिकाको पालो अल्टोमा बस्दै आएकी आजको प्रतियोगितामा उपाधी जित्ने उत्साहका साथ भाग लिँदैछिन् ।

कविता पहारीः
kabita pahariटिन एज पार गर्नै लागेकी कविता ५ फिट ३ इन्च अग्ली छिन् । न्युयोर्कको रिगवुडमा बस्दै कलेजमा पढ्दै गरेकी उनीपनि प्रतियोगितामा भाग लिँदैछिन् ।

खुस्बु मिश्रः
khusbhbu mishraअमेरिकाको कोलम्बसमा बस्दै आएकी २७ वर्षीय खूस्बुले पनि आज मिस नेपाल युएस २०१४को ताजका लागि आफ्नो सम्पूर्ण कला देखाउने छिन् । ५ फीट ४ इन्चकी खुश्बु टप १४ जनामा पर्न सफल भएकी छिन् ।

कुश्मा खरेलः
kusma kharelकलेजमा पढ्दै गरेकी कुश्मा २२ वर्षकी छिन् र उनी ५ फिट २ इन्च अग्ली छिन् । उनी न्युयोर्क बस्दैआएकी छिन् ।

पिङ्ग्ला ढुंगानाः
pingaqla dhunganaअमेरिकाको डल्लासमा बस्दै आएकी पिङ्ग्ला आज न्युयोर्कमा हुने मिस नेपाल युएस २०१४ प्रतियोगिताको एक प्रतिष्पर्धी हुन् । उनी २० वर्षकी छिन् र ५ फिट४ इन्च अग्ली छिन् ।

पुजा लुइंटेलः
pooja luitel२१ वर्षकी पुजा ५ फीट ३ इन्च अग्ली छिन् र उनी कैलुआ कोनाबाट प्रतिष्पर्धाका लागि न्युयोर्क आएकी छिन् ।

पुजा थापाः
Puja thapa१९ वर्षकी पुजा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएकी छिन् । उनी ५ फिट ७ इन्चकी छिन् ।

पुजन पनेरूः
pujan paneru५ फिट २ इन्च अग्ली पुजन २५ वर्षकी छिन् र उनी वेष्ट हार्डफोर्डमा बस्दै आएकी छिन् ।

सायल शाहीः
Sayal shahiसानडिआगोमा बस्दै आएकी सायल २० वर्षकी छिन् ।उनी ५ फिट ४ इन्च अग्ली छिन् ।

सिर्जना राईः
Srijana Rai२० वर्षकी सिर्जना डाली सिटीमा बस्छिन् ।प्रतियोगितामा भाग लिन न्युयोर्क आएकी उनी ५ फिट ३ इन्चकी छिन् ।

सुप्रिया शर्माः
supriyasharma५ फिट ७ इन्च अग्ली सुप्रिया हस्टनबाट प्रतियोगितामा भाग लिन आएकी हुन् । उनी २० वर्षकी छिन् ।

शुष्मा शर्माः
sushma sharmaआर्टेसियाबाट प्रतिनिधित्व गर्न सफल शुष्मा २० वर्षकी छिन् । उनको उचाई ५ फिट ३ इन्च रहेको छ ।

शुष्मा अधिकारीः
sushma adhikariनोरवुडमा बस्दै आएकी शुष्मा अधिकारीको उचाई ५ फिट ३ इन्च छ र उनी २१ वर्षकी छिन् ।

उश्मा गिरीः
Ushma Giriन्युयोर्कबाट नै प्रतियोगितामा सहभागी भएकी उश्मा ५ फिट १ इन्च छ उनी २३ वर्षकी भईन् ।


  •  
  •  
  •