बेलहिया नाकाबाट ४८ वटा इन्धनका गाडी भित्रिए

143
  •  
  •  
  •  

रूपन्देही, २९ कात्तिक(ओएनएस) : विगत केही दिन देखी अवरुद्ध रहेको रुपन्देहीको बेलहिया नाकाबाट आज आईतबार ४८ वटा ईन्धनका गाडी सहित अन्य मालबाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले दिएको जानकारी अनुसार भारतबाट ३४ वटा डिजेल तथा १४ वटा एलपी ग्यास बोकेको टयाकंर भित्रिएको छ । यसैगरी भारतले आईतबार विभिन्न सामग्री रहेका मालवाहक ट्रक समेत नेपाल आएका छन् ।

आलु प्याज तथा अन्य पनि आएका छन् । अहिले सबैभन्दा बढी चासो र आवश्यकता भएको ईन्धन भएकोले बढी चासो भएको उनको भनाइ छ ।


  •  
  •  
  •