सवारी दुर्घटनामा एक सातामा ४७ को मृत्यु

191
  •  
  •  
  •  

काठमाडौँ, ३१ बैशाख(ओएनएस) : एक सातामा भएको सवारी दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् भने २ सय २२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार यही बैशाख २३ गतेदेखी बैशाख २९ गतेसम्म भएका २ सय १६ वटा सवारी दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका हुन् । यस्तै, दुर्घटनामा परी ८६ जना गम्भिर घाइते भएका छन् भने १ सत ३६ जना सामान्य घाइते भएका छन् ।

उक्त दुर्घटनामा ३ सय ८४ वटा सवारी साधनमा क्षति पुगेको छ । सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा बढि मोटरसाइकल अर्थात् दुई पांग्रे सवारी साधन भएको प्रहरीको भनाई छ । दुर्घटनामा सबैभन्दा धेरै १ सय ४७ वटा दुई पांग्रे सवारी साधन दुर्घटनामा परेका थिए भने ९४ वटा ट्याक्सी तथा कार, ५४ वटा ट्यांकर तथा ट्रक, ५३ वटा बसलगायतका सवारी साधन दुर्घटनामा परेका छन् ।

accident statisticsयस्तै, प्रहरीका अनुसार  सबैभन्दा बढी दुर्घटना दिउँसो १२ बजेदेखी बेलुका ६ बजेसम्म अत्याधिक रहेको छ । यस अवधीमा ९० वटा सवारी दुर्घटना भएका छन् । साथै बिहान ६ बजदेखी दिउँसो १२ बजेसम्म ६० वटा दुर्घटना, साँझ ६ बजेदेखि राती १२ बजेसम्म ५७ वटा दुर्घटना र राती १२ बजेदेखी बिहान ६ बजेसम्म ९ वटा दुर्घटना भएका छन् ।

दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही भएको समेत प्रहरीको भनाई छ । चालकको लापरवाहीका कारण १ सय ५१ वटा दुर्घटना भएको छ भने तिव्र गतिका कारण ३१ तथा यात्रुको गल्तिका कारण १९ वटा, मेकानिकल समस्याका कारण ७ वटा दुर्घटना भएका छन् ।

यसरी १ सातामा नै यति धेरै दुर्घटना हुनु सबैका लागि चुनौतिको विषय हो । दुर्घटना न्युनीकरण गर्नका लागि चालक, यात्रु सबै जिम्मेबार बन्नुपर्छ र सवारी नियमको पालना गर्नुपर्छ ।


  •  
  •  
  •