बंगलादेशी पर्यटनमन्त्रीसहित ४६ जनाको टोली काठमाडौं आउँदै

290
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : बंगलादेशका पर्यटनमन्त्रीसहित ४६ जनाको उच्चस्तरीय टोली आज नेपाल आउन लागेको छ।

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनाको अवस्थाबारे जानकारी लिन टोली आउन लागेको हो।

स्रोतका अनुसार बंगलादेशी टोलीको नेतृत्व त्यहाँका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहाजहान कमालले गर्नेछन्। टोलीमा त्यहाँका सुरक्षा अधिकारी पनि रहनेछन् ।

टोली आज दिउँसो काठमाडौं आइपुग्ने बताइएको छ। विमान दुर्घटनामा परेका पीडितका आफन्त भने काठमाडौं आइसकेको छ । हिजो त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूस बंगला विमान दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो। दुर्घटनामा घाइते २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •