एमाओवादीमा पहिरो, ४५ केन्द्रीय सदस्यद्वारा राजीनामा

119
  •  
  •  
  •  

maoist_buildingकाठमाडौँ, १७ कात्तिक(ओएनएस) : पूर्व नेता डा. बाबुराम भट्टराई समर्थक ४५ जना केन्द्रीय सदस्यसहितका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

अहिलेको राजनीतिक संकट परम्परागत शक्तिबाट हल नहुँने तथा देशलाई आर्थिक समृद्धिको दिशामा लैजान नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेको भन्दै उनीहरुले एकीकृत माओवादी हेडक्वाटर पेरिसडाँडामा पुगेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । तर, यसलाई उनीहरुले नयाँ शक्ति निर्माणको अभियान भनेका छन् । एमाओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलको नेतृत्वमा गएको नेताहरुको टोलीले पार्टी कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् ।

सोमबार भट्टराई निवास सानेपामा भएको छलफलपछि उनीहरूले पार्टीबाट राजिनामा दिने घोषणा गरेका हुन् । मंगलवार बिहान देखि तीनकुनेस्थित झिल्को रेष्टुरेन्टमा बसेका भट्टराई नजिक मानिएका केन्द्रीय सदस्यहरुले राजीनामा पत्र तयार पारेका थिए । उक्त पत्र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेलाई बुझाइएको हो । पौडेलले मुख्य सचिवलाई पत्र दिएपछि पार्टी अध्यक्षलाई जानकारी गराउन आग्रह गरेका थिए ।


  •  
  •  
  •