४ हजार २ सय लिटर अवैध घरेलु मदिरा नष्ट

644
  •  
  •  
  •  

रूपन्देही, ६ पुस(ओएनएस) : वडा प्रहरी कार्यालय बुटवलले ४ हजार २ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । गस्तीको क्रममा प्रहरीले रूपन्देहीको देवदह नगरपालिका ११ चरंगे गाऊँको रम्भादेवी टोल र मिलनचोकबाट उक्त परिणामको घरेलु मदिरा नियन्त्रणमा लिएको हो । प्रहरीले ४ हजार २ सय लिटर मदिरा, ३ क्विन्टल मर्चा, ४ वटा चुला र ३ सेट भाँडाहरू नियन्त्रणमा लिएर आइतबार नष्ट गरेको छ ।

madira nasta1विभिन्न समयमा अवैध मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पक्राउ गरेपनि यो भने अहिलेसम्म कै सबैभन्दा ठूलो परिणामको भएको वडा प्रहरी कार्यालय बुटवलका इन्सिपेक्टर केदार पन्तले बताए । सो मदिरालाई पत्रकार, बुटवल उद्योग वाणिज्य संघ, आन्तरिक राजश्व कार्यालय, इलाका प्रशासन, बुटवल नगरपालिका लगायतका प्रतिनिधीको रोहबरमा चरंगे वनमा लगेर नष्ट गरिएको हो । प्रहरीले चरंगे आसपासमा गस्ती बढाउने बताएको छ ।

madira nasta


  •  
  •  
  •