ओली अस्वस्थ भएपछि सर्‍यो शीर्ष बैठक

188
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौ, २२ जेठ(ओएनएस) : संघियताको संख्या, सीमा र नामाङ्कनका विषयमा छलफल गर्न आज बिहान बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक ४ बजेसम्मका लागि सारिएको छ ।

प्रदेश निर्माणबारे टुंगो लगाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको चार दलको बैठक ओलीको स्वास्थ्य अवस्था बिग्रिएका कारण ४ बजेका लागि सारिएको मधेषी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताएका छन् । ४ बजेको बैठकमा समेत ओली उपस्थित हुन नसके ३ दलबीच अनौपचारिक बैठक बस्ने जनाएका छन् ।

गच्छदारले ओली अनुपस्थित भएमा पनि बैठक बस्ने र उक्त बैठक प्रदेश निर्माणमा नै केन्द्रित हुने जानकारी दिएका छन् ।

प्रदेशको संख्या ६ वा ८ मा सत्ता पक्ष र विपक्षीका फरक शर्त आएपछि सहमति हुन सकेको छैन । संघियताका प्रदेशहरुको संख्या बढाउँदा नाम र सीमा पछि तोक्न एमाओवादी तयार छ । तर, ६ संख्या तोक्दा नाम अहिले नै राख्नुपर्ने अडान छ । कांग्रेस एमाले ६ प्रदेशमा सहमति गर्ने र नाम र सीमा पछि तोक्नु पर्ने अडानमा छन् ।


  •  
  •  
  •