नागरिकता आमा वा बाबुका नामबाट, धर्म निरपेक्षता कायमै

109
  •  
  •  
  •  

काठमाडौं, १३ असार (ओएनएस) :  संविधानको मस्यौदामा देखिएको धर्म निरपेक्षताको विवाद तत्कालको लागि अन्त्य भएको छ । चार दलबीच विहान बालुवाटारमा बसेको बैठकले आमा वा बाबुका नामबाट नागरिकता दिन सकिने र धर्म निरपेक्षता कायमै राख्ने सहमति भएकाे छ ।

छलफलपछि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नागरिकताका सवालमा आमा वा बाबुका नामबाट नागरिकता दिन सकिने, धर्म निरपेक्षतालाई कायमै राखी त्यसलाई धार्मिक स्वतन्त्रताका रुपमा व्याख्या गर्ने, राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशतको व्यवस्था अनिवार्य गर्ने, संविधान जारी भएपछि स्थानीय निर्वाचन शीघ्र गर्ने विषयमा सहमति भएको बताए ।

संविधानसभाको मस्यौदा समितिबाटअाइतबार नै सहमति जुटाई संविधानसभामा नयाँ संविधानको पहिलो मस्यौदासहितको प्रतिवेदन बुझाउने समझदारी भएको छ ।[box type=”shadow” ]

आजको ४ दलको वैठकले संविधानको प्रारम्भिक मस्यौदामा मोटामोटी सहमति गरेर जनतामा रायसुझावनिम्ति प्रस्तुत गर्ने र सहमति कायम …

Posted by Dr. Baburam Bhattarai on Sunday, 28 June 2015

[/box]

दलहरु बीच अाइतबार नै मस्यौदा प्रतिवेदन प्रस्तुत गर्न मस्यौदा समितिमा सहमति जुटाउने र त्यसबीचमा कुनै विवाद वा फुकाउनुपर्ने विषय रहेमा तत्कालै शीर्ष नेता तहमा छलफल गरेर टुङ्गो लगाउने तयारी छ ।  १६ बुँदे सहमतिप्रति प्रतिबद्ध रहँदै मस्यौदा समितिमा देखिएका छलफलका विषयमा राजनीतिक तहबाट टुङ्गो लगाउन बैठक गरिएको र अन्य कुरा समितिकै बैठकमा चार दलले संयुक्त रुपमा प्रस्तुत गरिनेछ ।


  •  
  •  
  •