दलहरू संघियताको नक्सा कोर्दै,  संख्यामा सहमति नजिक

117
  •  
  •  
  •  

4 party meeting
फाइल फोटो

काठमाडौ, २१ जेठ(ओएनएस) : संविधानका विवादित विषयमा सहमति खोज्न प्रमुख दलहरुको बैठक बस्दैछ । विवादित संघियताको संख्या, नाम र सीमालाई विषयमा टुङगो लगाउन प्रमुख दलका शीर्ष नेताहरुसहितको बैठक बस्न लागेको हो । हिजो दिनभर र आज बिहानको आन्तरिक छलफलपछि दलहरुले आफ्नो तर्फको अन्तिम खाका बैठकमा पेश गर्नेछन् । तीनै प्रस्तावित खाकामाथि छलफल गरेर सहमतिमा पुगिने कांग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार संघियताका विषयमा ६ देखि ८ प्रदेशमा दलहरू सहमति नजिक रहेका छन् ।

अहिले मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा ए माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाले यसअघि विवादमा रहेका पाँच जिल्लाको सीमासहितका साझा विकल्पमा छलफल गर्नेछन् । संघियताको संख्यामा सहमति गरेर नाम संघहरुलाई र सीमा विज्ञसहितको आयोगलाई जिम्मा लगाउने विकल्पमा पनि छलफल भइरहेको छ ।

कांग्रेसले संघीयतामा ६ र ८ मध्य एक प्रदेशमा सहमति हुने संभावना बढेको नेताहरुले बताएका छन् । तर, नेकपा एमालेले पाँच प्रवेश उपयुक्त हुने प्रस्ताव अघि सारेको छ । कांग्रेसले ६ र ८ प्रदेश मध्ये एकमा समझदारी गर्नुपर्ने बताएको छ । एमाओवादी पनि त्यसमा लचक रहेको नेताहरुले बताएका छन् । निर्वाचन प्रणालीमा भने दलहरुले सहमति गरिसकेका छन् ।


  •  
  •  
  •