काठमाडौं २३ पुस (ओएनएस) : संविधानको विवादित बिषयमा सहमति गर्नको लागि बसेको चार दलको बैठक फेरि भाँडिएको छ ।
मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले दिएको जानकारी अनुसार विवादित विषयमा छलफल नै नगरि बैठक सकिएको छ । यादवका अनुसार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराईका जिल्लालाई पहालमा गाँभेर संघिय प्रदेश बनाउनु परेपछि एमाले अध्यक्ष केपी ओलीले झपारेका थिए । ओलीले असभ्य भाषामा महतोलाई झपरेको यादवले बैठकपछि संचारकर्मीहरुसँग दाबी गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा त्यसपछि सत्तारुढ काँग्रेस र एमाले तथा एमाओवादी र मधेसी मोर्चाबीच अलग–अलग बैठक बसेपनि कुनै निकास निस्कन सकेन । संविधान जारी गर्न तोकिएको अन्तिम मिति माघ ८ आउन आधा महिना बाँकी रहदा दलहरुबीच विवाद बढ्दै गएको ।
दलहरुबीच राज्य पुनःसंचरना, शासकिय स्वरुप, न्याय प्रणाली लगायतका विषयमा विवाद छ । सत्तारुढ नेपाली काँग्रेस र एमालले ६ प्रदेशको प्रस्ताव गरेका छन् भने एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले १० प्रदेशको प्रस्ताव गरेका छन् ।