सीमांकन परिमार्जन गरिने भन्दै जनतालाई संयम रहन ४ दलको अपिल

124
  •  
  •  
  •  

काठमाडौ, २६ साउन(ओएनएस) : चार दलका शीर्ष नेताहरुले जनताका सुझावका आधारमा परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सीमांकनको विषयलाई लिएर भइरहेको आन्दोलनले संविधान तथा संघीयताविरोधीलाई फाइदा पुर्याउने भन्दै संयमित हुन आग्रह गरेका छन् ।

शीर्ष नेताहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै जनताको न्यायोचित माग अनुसार प्रदेशका सिमाना हेरफेर हुने बताएका छन् । उनीहरूले संविधानसभाभित्रबाट जनताको नाममा अपिल जारी गर्दै संघीयता नयाँ विषय भएको र विभिन्न विवाद हुनु स्वभाविक भएको भन्दै जनताका जायम माग अन्तिम समयसम्म पनि सम्बोधन गरिने बताएका छन् ।

चार दलको अपिल प्रधानमन्त्री सुशील कोइरालाले वाचन गरेका थिए । कोइरालाले आन्दोलन फिर्ता लिन आग्रह गर्दै जनताका सबै सुझाव समेटेर परिमार्जन गरिने बताए ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संयुक्तरुपमा अपिल गरेका हुन् ।

4-party-appeal


  •  
  •  
  •