माओवादी केन्द्रबाट चार मन्त्री थपिँदै, को को बन्दैछन् मन्त्री

238
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : नेकपा माओवादी केन्द्रमा मन्त्रीको लागि धेरै अकांक्षी देखिएपनि अन्तिम अवस्थामा यी चार नेता मन्त्री बन्न लागेका छन्।
स्रोतका अनुसार गिरीजामणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र बीना मगर मन्त्री बन्ने पक्का भएको छ ।

स्रोतका अनुसार तीन नेता मन्त्री बन्नको लागि अध्यक्ष प्रचण्डलाई पटक पटक भेटी प्रस्ताव राख्दै आएका थिए। पुर्व मन्त्रीहरुनै मन्त्रीको महत्वका‌ंक्षा राखेपछि नयाँले ‘चान्स’ पाउने सम्भावना कम देखिएको छ ।

कुनै अप्रिय अवस्था नआएमा यिनै चारजनाले शुक्रबार अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी तथा माओवादी केन्द्रकी नेतृ बीना मगरबाहेक सबै पुरानै अनुहारका मन्त्री बन्दैछन् । माओवादीले ऊर्जा, सहरी विकास, वन र कृषि मन्त्रालय पाउने सम्भावना माओवादीका एक नेताले बताएका छन्।

प्रदेश २ बाट पोखरेल, प्रदेश ५ बाट पुन, प्रदेश ६ बाट शर्मा र प्रदेश ७ बाट मगर मन्त्री बन्ने भएका हुन् ।
प्रदेश ३ बाट रामबहादुर थापा‘बादल’ गृह र प्रदेश २ बाट मातृका यादव उद्योग तथा वाणिज्य मन्त्री यसअघि नै भइसकेको छन् ।

प्रदेश २ बाट दुईजनाले मन्त्री बन्ने अवसर पाउँदैछन् भने प्रदेश १ र ४ बाट कोही पनि मन्त्रिपरिषद्‍मा नपर्ने भएका छन् ।

मधेसवादी संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मधेसवादी दल पनि सरकारमा आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा मन्त्रालय थप्ने निर्णय गरेका छन्। प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ। देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिएको थियो।


  •  
  •  
  •