चारकिलोमा पुनःपहिरो, सडक अवरुद्ध

188
  •  
  •  
  •  

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरिएको थियो तर पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको छ ।

उक्त स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ ।


  •  
  •  
  •