चारकिलोमा खसेको पहिरो पन्छाइयो, एकतर्फी रुपमा सडक सञ्चालन

260
  •  
  •  
  •  

काठमाडौं । मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।

चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति पनि पहिरो खसेको थियो ।

राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।


  •  
  •  
  •