परीक्षामा फेल भएपछि चार किशोरीले महाकालीमा हाम फाले

242
  •  
  •  
  •  

darchula_districtदार्चुला, ३० चैत (ओएनएस) :  दार्चुलाका चार किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दर्चुलाका इन्स्पेक्टर नैनसिंह साउदले दिएको जानकारी अनुसार दार्चुलाको दत्तु गाविसका चार किशोरी हाफ फालेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा दत्तु गाविस–२ की कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा ६–मा अध्ययनरत १३ वर्षिया नितु लोहार, वडा नं ३ की कक्षा ७ मा अध्ययनरत १४ वर्षिय पुजा कोली र १३ वर्षिय कक्षा ६ मा अध्ययनरत ममता चुनारा रहेका छन ।

उनीहरु दत्तुस्थित राष्ट्रिय उमाविमा अध्ययनरत थिए । चारमध्ये तीन जना परीक्षामा उनुत्तिर्ण भएका थिए । विहानै विद्यालयले परिक्षाफल प्रकाशित गरेको तथा उनीहरु अनुतिर्ण भए पछि नजिकै रहेको महाकाली नदी किनार बाट सामुहिक रुपमा नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नदीमा बेपत्ता भएपछि उनीहरुको खोजिकार्य जारी राखिएको छ । नदीमा पानीको बहाव बढेकोले खोजीकार्यमा कठिनाइ उत्पन्न भएको साउदले बताए । स्थानीय बासिन्दा तथा भारतबाटसहयोग लिएर खोजिकार्य भैरहेको छ ।


  •  
  •  
  •