काठमाडौँ, २६ चैत(ओएनएस) : सरकारले चार डिआइजीलाई अतिरिक्त महानिरिक्षक(एआईजी)मा बढुवा गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले डिआईजीहरू यादव अधिकारी, परशुराम खत्री, सुशीलवर सिंह थापा र विश्वराज शाहीलाई एआईजीमा बढुवा गरेको हो ।
यस्तै, सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष्यतामा पुन:संरचना निर्देशक समितिको गठन गरेको छ । समितिले पुन:संरचनामा काम गरिरहेका संयन्त्रहरूसँग समन्वय गर्ने र आवश्यक नीति नियम बनाउन भूमिका खेल्नेछ ।
यसैगरी, बैठकले भूकम्पले भत्किएका संरचना पुन:निर्माणको लागि यूरोपियन यूनियनले दिने प्राविधिक सहयोग स्वीकार्ने निर्णय गरेको छ ।