चार दिन नेपाल बन्द गर्ने एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको घोषणा

199
  •  
  •  
  •  

30 dal
फाइल फोटाे

काठमाडौँ, १ चैत (ओएनएस)  : सत्तारुढ दलसँग चलिरहेको वार्ता सफल हुन नसकिरहेको बेला एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आइतबार सिंहदरबारमा बकेको मोर्चाको बैठकले चैत ५ देखि २६ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसमा चैत १९, २४, २५ र २६ गतेसम्म हाम हड्ताल गर्ने मोर्चाले निर्णय गरेको छ ।

सत्तारुढ कांग्रेस एमालेले आफ्ना माग सुनुवाई नगरेको भन्दै मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको जनाएको छ । यसअघि, मोर्चाले संविधान निर्माणको जारी प्रक्रिया स्थागित गर्नु पर्ने तथा सहमतिमै संविधान जारी गर्नुपर्ने मागसहित पहिलो चरणको आन्दोलन गरेको थियो ।

मोर्चाले चैत ५ आन्दोलनको तयारी बैठक गर्ने जनाएको छ । यस्तै ८ गते सबै जिल्लामा प्रदर्शन गर्ने, ११ देखि प्रधानमन्त्री लगायतका मन्त्रीहरुलाई कालो झण्डा देखाइने, १५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, १६–१८ सम्म जिल्ला सदरमुकाम घेराउ गर्ने मोर्चाले जनाएको छ ।

यस्तै, १८ गते मसाल जुलुस गर्ने र १९ गते आम हड्ताल गर्ने मोर्चाको निर्णयमा उल्लेख छ । चैत २० देखि २३ सम्म सरकारी कार्यलय बन्द गर्ने जनाएको मोर्चाले त्यसपछि २६ गतेसम्म आम हड्ताल गर्ने जनाएको छ ।

Opposition


  •  
  •  
  •