काठमाडौं, १७ मंसिर (ओएनएस) : प्रमुख ४ दलको शीर्ष नेताहरुको बैठकले संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संबिधानसभामा पठाउने सहमति गरेको छ । बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन पठाउने अधिकार समितिका सभापति डा. बाबुराम भट्टाराईलाई दिने निर्णय गरेको हो ।
सभापति भट्टराईलाई स्वविवेक प्रयोग गरेर प्रतिवेदन पठाउनको लागि अधिकार दिने निष्कर्षमा ४ दलका शीर्ष नेताहरु पुगेका हुन् । यसअघि का“ग्रेस एमालेले पेश गरेको ७ प्रदेश सहितको साझा प्रस्तावमा विपक्षी एमाओवादी सहितका २० दलले बिरोध गर्दा संबिधान निर्मार्ण रोकिएको थियो।
भट्टराईले प्रतिवेदन पठाउदा का“ग्रेस एमाले लगायतका बिभिन्न दलले गरेका प्रस्तावलाई अनुशुचीमा राख्ने वा प्रतिवेदनमै राख्ने स्वनिर्णय गर्ने छन् । कति समयमा पठाउने भन्ने बारे तीन दलको बैठकले कुनै निर्णंय गरेको छैन । संवाद समितिको बैठक अहिले अपरान्ह बस्दैछ ।