चार दलले भन्यो,‘प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था असफलताको द्योतक’

462
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहसहित विभिन्न चार दलले प्रतिनिधि सभा विघटन व्यवस्थाकै असफलताको द्योतक भएको बताएका छन्।

चार दलले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै केपी ओलीको कदम निरंकुश एवं फासीवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक भएको बताएक हुन् ।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफूहरुको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तविक जनपक्षीय समाधान संसद् पुनर्स्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केवल सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ।’


  •  
  •  
  •