विप्लव माओवादीका ४ केन्द्रीय सदस्य नयाँ शक्तिमा

530
  •  
  •  
  •  

Biplab-maobadi-bata-Naya-Shaktiकाठमाडौँ, ६ माघ(ओएनएस) : नेकपा माओवादी विप्लव समूहका चार केन्द्रीयहरुले पार्टी परित्याग गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरूले पार्टी परित्याग गरेको घोषणा गरे । केन्द्रीय सदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरले नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

उनीहरुका साथ विद्यार्थी केन्द्रीय सदस्य मिनराज केसी, पर्वत जिल्ला कमिटी सदस्य हरि पौडेल, अनिल मास्के, सूर्यबहादुर थापा, प्रदिपबहादुर थापा, चित्रपुर्ज पार्टी, सुस्मीता केसी, धर्मराज शर्मा, लोकराज कुवँर उत्तम परियार, टिका नेपाली, सीता भुषाल, राजेन्द्र तिवारी, राम अधिकारी तथा एकनारायण गिरी, टेकराज शर्मा, गणतान्त्रिक मञ्च काठमाडौंका सदस्यसागर चापागाईले पनि विप्लव माओवादी परित्याग गरेका छन् ।

त्यसैगरी, परिश्वर भुसाल, हरि तिवारी, छवि गौडेल, बैकुण्ठ पाण्डे, डा. विनोद पराजुली, चन्द्रबहादु श्रेष्ठ, गिता गुरुङ्ग, शान्ति भट्ट, पवित्रा थापा, सीता चापागाई अप्सरा बराल र बिजेन्द्रलाल श्रेष्ठ पनि नयाँ शक्तिमा लागेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै ठाकुरप्रसाद चापागाईले नेपालको आर्थिक संरचनालाई कसरी परिवर्तन गर्ने भन्ने सोचका साथ नयाँ शक्ति आएकोले आफूहरु त्यसमा प्रवेश गर्ने निर्णयमा पुगेको बताए ।


  •  
  •  
  •