पेस्तोलसहित ४ जना पक्राउ

165
  •  
  •  
  •  

विराटनगर, २५ बैशाख(ओएनएस) : मोरङको विराटनगरबाट शुक्रबार राति एक थान पेस्तोलसहित चार जना पक्राउ परेका छन् ।

‘मेड इन युएसए’ लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाही कविलाशी–८ का ३० वर्षीय मनिषकुमार यादव, विराटनगर–१३ का २९ वर्षीय वैभव अर्याल, विराटनगर–११ का २३ वर्षीय उत्सव रिजाल र सोही ठाउँ बस्ने ३३ वर्षीय सन्दीप प्याकुरेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुलाई गोप्य सूचनाका आधारमा राति १० बजे विराटनगर– १० स्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।

सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •