सिरहामा ११ सय किलो गाँजा सहित ४ पक्राउ

75
  •  
  •  
  •  

सिरहा, १० माघ(ओएनएस) : सिरहामा ११ सय किलो अवैध गाँजा सहित ४ जना पक्राउ परेका छन् । शुक्रबार राति सिरहाको अयोध्यानगर–४ बाट १ हजार १ सय किलो गाँजासहित चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लाहानले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय राजकुमार यादव, धनगढी–७ का १६ वर्षिय रामबहादुर दास, औरही–६ का वर्ष ३७ का देबनारायण कामैत, फुलकाहाकट्टी–४ का ३५ वर्षका दिनेश साह रहेको इप्रका लहानका प्रमुख डिएसपी ज्ञानेन्द्र फूयाँलले जानकारी दिएका छन् । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

स्थानीय राजकुमार यादवको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा विशेष सुराकीको आधारमा प्रहरीले गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।


  •  
  •  
  •