५ करोड मूल्य पर्ने कोकिनसहित ४ जना पक्राउ

157
  •  
  •  
  •  

काठमाडौँ, १२ जेठ(ओएनएस) : प्रहरीले युरोपमा कोकिन तस्करी गर्दै आएका अन्तराष्ट्रिय गिरोहका ४ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरोले २ केजी ६ सय ८३ ग्रामसहित नाइजेरिया, भेनेजुयला, भारत र नेपाल लागू औषध तस्करलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सो कोकिनको मूल्य ५ करोड ३६ लाख बराबर हुन्छ ।

पक्राउ पर्नेहरूमा भेनेजुयलाकी महिला यमरिस कार्नेन नार्भेक, नाइजेरियाका पुरूष मोहमत लामिन दोबा, भारतका तोहित खान र नेपालका दिलबहादुर गुरूङ रहेका छन् । यी चार जनालाई फरक-फरक समयमा पक्राउ गरि सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

उक्त कार्यमा चिनियाँ नागरिकको पनि संलग्नता रहेको खुलेको छ । उक्त समुहबाट १३ लाखभन्दा बढी नगद बरामद गरेको छ ।


  •  
  •  
  •