रुपन्देहीमा व्यापारीमाथि गोली प्रहार गर्ने तीन भारातीयसहित चारजना पक्राउ

236
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (अाेएनएस): व्यापारीमाथि गोली प्रहार गरेको आरोपमा तीन भारतीयसहित चार जनालार्इ रुपन्देही प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारत महाराजगञ्ज नौतनवा निवासी रमजान मुसलमान, मोटरसाइकल चालक मन्जुर मुसलमान, सहयोगी मोहमद अफजल र नेपाल हाटबजारका मासु पसल व्यवसायी नजाबुद्धिन मुसलमान पक्राउ परेका हुन । भैहरवाका व्यापारी हरिश सेठियामाथि फागुन १ र २८ गते गोली प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

भारतीय र नेपाली रुपैयाँको हुन्डी कारोबारमा ३५ लाखको लेनदेन नमिलेपछि सेठियाको हत्या गर्ने योजना बनाएको र त्यही अनुसार नै गोली प्रहार गरेको पक्राउ परेकाहरुले बताएका छन् । लामाे समय देखि सेठिया हुण्डीको कारोबारमा रहदै अाएकाे रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए।


  •  
  •  
  •