गाई काटेको आरोपमा ३ महिलासहित चार पक्राउ

302
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): कपिलवस्तुमा गाई काटेको आरोपमा ३ महिलासहित चारजना पक्राउ परेका छन्। विजयनगर गाउँपालिका – ४ ज्योतिनगरबाट उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिए ।

रातिको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीय ७० वर्षीय हुमबहादुर रानालाई झण्डै ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो ।

राना पक्राउ परेको एक दिनपछि उनले बयानमा गाई काट्नमा अन्य ३ महिला सहयोग गरेको भन्दै त्यहि गाउँबाट शनिबार उनीहरुलार्इ पनि पक्राउ गरेकाे छ। पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •