काठमाडौँ, ३० फागुन(ओएनएस) : आइतबार बिहान धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पको पराकम्पस्वरूप उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
आज बिहान ११ बजे गएको भूकम्पको केन्द्रबिन्दु धादिङ जिल्लाको कुमपुर नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।
केन्द्रका अनुसार गत बैशाख १२ गतेपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ४० पराकम्पन महशुस गरिएको छ ।
[googlemap src=”http://seismonepal.gov.np/includes/googleimager.php?la=27.83&lo=84.90″ width=”620″ height=”480″ ]