१० दिनपछिको सबैभन्दा ठूलो परकम्प, काठमाडौमा धक्का

93
  •  
  •  
  •  

काठमाडौ, २४ जेठ(ओएनएस)  : गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन् । दैनिकजसो परकम्प गइरहे पनि कतिपय परकम्पहरू हामीले थाहा पाएका छैनौ भने कतिपय परकम्पहरू हामीले थाहा पाउने खालमा गएका छन् ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2015/06/07 11:02 27.90 85.64 4.6 NSC Sindhupalchowk
2015/06/06 22:45 27.58 86.18 4.0 NSC Dolakha
2015/06/06 02:33 28.26 85.86 4.2 NSC Tibet/Sindhupalchok

यस्तै, आज ११ बजेर २ मिनेट जाँदा पनि भूकम्पको धक्का महशुस गरिएको छ । एकपटकमात्र घचक्क गरेर गएको भूकम्पको धक्का कमैले मात्र थाहा पाएका थिए । भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपालचोकमा केन्द्रबिन्दु रहेको भूकम्प ४.६ रेक्टर स्केलको रहेको छ ।

आजको यो भूकम्प पछिल्लो १० दिनपछिको सबैभन्दा ठूलो परकम्प हो । गत जेठ १५ गते धादिङलाई केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको भूकम्पपछिको यो सबैभन्दा ठूलो भूकम्प हो ।

देशका विभिन्न भागमा बैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी शनिबार १७:०० बजे सम्मको प्राप्त जानकारी अनुसार ८,७१६ जनाको ज्यान गुमेको छ भने २२,४९३ जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७३१, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६४६५, पश्चिम क्षेत्रमा ४६० र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १३०१७, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा ७७४४, पश्चिम क्षेत्रमा १२४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८६८१ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ४४०२ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।


  •  
  •  
  •