इन्डोनेसियामा पहिरोबाट ३९ को मृत्यु

358
  •  
  •  
  •  

rescuers-search-for-victims-of-fatal-landslide-in-indonesia5काठमाडौ, २९ मंसिर(एजेन्सी) : इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा गएको पहिरोमा पुरिँदा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्मयहरुका अनुसार भारी वर्षा पछि शुक्रबार राती पहाड नै पहिरिएपछि ३९ जनाको मृत्यु भएको हो भने अन्य ७० भन्दा बढि मानिस हराइरहेका छन् । उक्त पहिरोमा परी १७ जना घाइते भएको र तीमध्ये १० जना गम्भिर घाइते भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पहिरो प्रभावित क्षेत्रबाट करिब ६ सय मानिसलाई अस्थाई शरणार्थी स्थलमा विस्थापित गरिएको बताइएको  छ ।

सैनिक, प्रहरी, स्थानीय र उद्धार अधिकारीहरूले अहिले पनि उद्धारकार्य जारी राखेका छन् । उद्धारकार्यमा कयौं व्यक्तिहरुलाई उद्धार गरिएको छ ।

rescuers-search-for-victims-of-fatal-landslide-in-indonesia rescuers-search-for-victims-of-fatal-landslide-in-indonesia2


  •  
  •  
  •