आईएसमाथि आक्रमण गर्दा ३९ सर्वसाधारणको मृत्यु

363
  •  
  •  
  •  

काठमाडौँ, ७ चैत(ओएनसए) : सीरियामा इस्लामिक स्टेट(आईएस)को प्रमुख क्षेत्रमा गरिएको आक्रमणमा कम्तिमा ३९ नागरिकको मृत्यु भएको छ । बेलायतमा रहेको ‘सीरियन अब्जरभेटरी फर ह्युमन राइटस्’का अनुसार मारिएका मानिसमा कम्तिमा ५ बालबालिका र ७ महिला रहेका छन् ।

सीरियाको उक्त क्षेत्रमा गरिएको कारबाही आईएसका लडाकुलाई लक्षित गरेर ती लडाकुमाथि आक्रमण गरिएपनि सर्वसाधारणले पनि ज्यान गुमाएको समाचारमा जनाइएको छ ।

सैन्य कारबाहीमा आईएसको स्वयंभु प्रहरीका ५ जना पनि मारिएका छन् । राकामा एक अन्य क्षेत्रमा भएको आक्रमणमा १६ नागरिकको मृत्यु भएको थियो । अब्जरभेटरीका निर्देशक रमी अब्दुल रहमानले भने, ‘आक्रमण रूस या सीरियामध्ये कुन देशको लडाकु विमानले गरेको भन्ने प्रष्ट भएको छैन् ।’


  •  
  •  
  •