३९ अमेरिकी सेनाको टोली दोलखा जाने

158
  •  
  •  
  •  

काठमाडौँ, १७ जेठ(ओएनएस) : दोलखाको सुन्द्रावती गाविसमा भूकम्पबाट क्षतिग्रस्त भएको एक विद्यालयलाई व्यवस्थित बनाउनका लागि ३९ जना अमेरिकी सेनाको टोली पुग्ने भएको छ ।

अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पुर्‍याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने बताइएको छ ।

अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्ने भएको छ । सेनाले पटकपटक गरी तीन चरणमा कार्य गर्ने उल्लेख गरेको छ । अमेरिकी सेनाको टोली सुन्द्रावतीको कालिका उमाविमा बास बस्ने बताइएको छ ।

सोमबार १३ जनाको अमेरिकी टोली दोलखा पुगेको छ भने अन्य २६ जना दुईपटक गरेर आउने अमेरिकी सेनाले बताएको छ ।


  •  
  •  
  •