मलेसियामा एक वर्षमा ३ सय ६१ नेपालीले गुमाए ज्यान

298
  •  
  •  
  •  

malaysia

क्वालालाम्पुर, १२ पुस : मलेसियामा सन् २०१४ मा ३ सय ६१ नेपालले ज्यान गुमाएका छन् । रोजगारीका लागि जाने नेपालीहरूको विभिन्न कारणले मृत्यु हुने गरेको छ । केहीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् त केहीले आत्महत्या गरेर आफ्नो ज्यान समाप्त गर्ने गरेका छन् । यस्तै, रोगका कारण जीवन गुमाउनेहरूको संख्या पनि उल्लेख्य नै छ ।

मलेसियास्थित नेपाली दुतावासका अनुसार यस वर्ष ३ सय ६१ नेपालीमध्ये ४६ जनाले आत्महत्या गरेर आफ्नो जीवन समाप्त गरेका छन् । मलेसियामा रोजगारीका लागी गएर आत्महत्याको गर्नेको संख्या उल्लेख्य छ । पारिवारिक तनाव, भनेजस्तो काम नहुनु तथा त्यहाँका स्थानीयबासीहरुको अप्रिय व्यवहारका कारण नेपालीहरूले आत्महत्या गर्ने गरेका छन् ।

यस्तै, दीर्घ रोगका कारण ५२ जना, सवारी दुर्घटनामा ३६ जना, कम्पनीमा कम गर्दै गर्दा ११ जनाको मृत्यु भएको खुलेको छ । भने अन्य नेपालीको मृत्युको कारण खुल्न सकेको छैन् । उनीहरूको मृत्यु रहस्यमय रहेको दुतावासले जनाएको छ ।

यस्तै, मलेसियामा रोजगारीका सिलसिलामा गएका केही नेपालीहरूको बेपत्ता भएका छन् । दुतावासका अनुसार सन् २००१ देखी २०१४ सम्मको अवधीमा करिब १ सय भन्दा बढी नेपाली बेपत्ता छन् ।


  •  
  •  
  •