६ महिनामा ३५ लाख बराबरको अवैध सामान बरामद

300
  •  
  •  
  •  

kakarbhittaकाँकडभिट्टा, ५ माघ(ओएनएस) : अवैध रूपमा भन्सार छली नेपाल भित्रिएका तथा भारत तस्करी गरिएको सुपारी गरी ३५ लाख बराबरको अवैध सामन सशस्त्र प्रहरीले भन्सारमा बुझाएको छ ।

शसस्त्र प्रहरी बल, राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाले गत साउनदेखि माघसम्मको अवधिमा ३५ लाख बराबरको अवैध सामान भन्सार बुझाएको हो । भारतको अघोषित नाकाबन्दीको बेला यति ठूलो परिमाणमा सामान पक्राउ गरी भन्सार दाखिला गरिएको हो ।

६ महिनाको अवधिमा अवैध रुपमा नेपालबाट विभिन्न समयमा पूर्वी नाका काँकडभिट्टा हुँदै मेची पुल र आसपासका क्षेत्रबाट भारततर्फ तस्करी गर्ने क्रममा भन्सार सुरक्षा गुल्म काँकडभिटाले ७२ सय केजी खुख्खा सुपारी पक्राउ गरेको छ । यो अवधिमा १३ लाख ८० हजार बराबरको सुपारी भन्सार बुझाइएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले बताए ।

त्यसैगरी सशस्त्र प्रहरीले यो अवधिमा ठूलो परिमाण लागुऔषध बरामद गरेको थियो । कार्तिक २३ र पुस १० गते मेचीनगर १२ जोरसिमलबाट बरामद गरिएका लागुऔषध सहित प्रकाउ परेका ब्यतिहरुलाई स्थानीय प्रहरीलाई बुझाइएको हो । भन्सार छलेर चोर बाटो हुँदै नेपाल भित्रिएका ठूलो किराना सामानहरु चेक पोईन्टको क्रममा बरामद गरिएको थियो । जसमा किराना तथा हार्डवेयर, कपडा, मोटरपार्टस, इलेक्ट्रोनिक्सलगायत रहेका छन् । जसको मूल्य २२ लाख ७८ हजार ९ सय ८५ बराबर रहेको भण्डारीले बताए ।


  •  
  •  
  •