प्रहरीले यसरी समात्याे ठाउँका ठाउँ ३५ बिचाैलियालार्इ (नामसहित)

435
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने ३५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

सुरुमा ५० जनालाई टोलीले पक्राउ गरे पनि अनुसन्धानबाट ३५ जना मात्रै बिचौलिया देखिएपछि १५ जनालाई छाडिएको परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए। श्रम तथा बैदेशिक राेजगार विभाग अगाडी विभन्न मुलुकमा वैदेशिक राेजगारमा जाने ब्यक्तीहरुले पुर्व तथा अन्तिम  श्रम स्वीकृती लिन अाएका सेवाग्राहीहरुसँग श्रम स्वीकृती छिटाे निकाली दिन्छु भन्दै पैसा लिने बिचाैलियाहरुलार्इ बुधबार पक्राउ गरिएकाे डिएसपी थापाले बताए।

विभागमा वैदेशिक रोजगारमा जाने सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाहरुले ठग्ने प्रयास गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अब काठमाडौ उपत्काका कुनै पनि सरकारी निकायमा बिचौलिया वा दलालको प्रवेश हुन नदिने गरि अभियानकै रुपमा सादा पोशाकका प्रहरी ग्राहकको रुपमा खटिने परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले बताए।

पक्राउ परेका बिचौलियाहरु

१ जिल्ला दोलखा भिरकोट ९ वतन बताउने बर्ष २३ को रबि तामाङ्ग ।
२ जिल्ला गोरखा आरुआर्मा ६ वतन वताने बर्ष २२ को राजेन्द्र गुरुङ्ग
३ जिल्ला स्याङ्गजा भिरकोट ५ वतन बताउने बर्ष ३२ को ऐन ब. चम्रकार ।
४ जिल्ला मकमानपुर पालुङ्ग ९ वतन बताउने राम बहादुर पन्त ।
५ जिल्ला रुपन्देही कालिका न. पा. १३ वतन बताउने उज्वल पन्त ।
६ जिल्ला सर्लाही सरिवन ११ वतन बताउने राधेश्याम थापा ।
७ का. जि. का. म. न. पा. १४ वतन बताउने बिवेक खड्गी ।
८ जिल्ला झापा ज्यामिरगढी ७ वतन बताउने दिपेन खवास ।
९ जिल्ला चितवन दारेचोक २ वतन बताउने हरिचन्द्र गुरुङ्ग
१० जिल्ला गोरखा सौरपानी ४ वतन बताउने अन्जन ढकाल ।
११ जिल्ला तनहु व्या. न. पा. ६ वतन बताउने बिशाल दराई ।
१२ जिल्ला काभ्रे मन्दनदेउपुर ८ वतन बताउने सुनिल श्रेष्ठ ।
१३ का. जि. का. म. न. पा. वडा नं. १३ वतन बताउने राहुल कार्की ।
१४ ऐ. ऐ. बताउने राज कुमार श्रेष्ठ
१५ ऐ. ऐ. बताउने विजय लामा ।
१६ जिल्ला गोरखा धावा २ वतन बताउने जिवन बि. क. ।
१७ ऐ. भिमसेन ४ वतन बताउने सन्तोस बि. क. ।
१८ ऐ. सहिदलखन वतन बताउने सिर्जना मगर ।
१९ जिल्ला रामेछाप दोरम्बा ५ वतन बताउने संगिता मगर ।
२० का. जि. का. म. न. पा.  ९ वतन बताउने सानु लामा ।
२१ जिल्ला धादिङ्ग निलकण्ठ ६ वतन बताउने सिता मगर ।
२२ जिल्ला बेथानचोक ५ वतन बताउने राम शरण श्रेष्ठ ।
२३ जिल्ला रुपन्देही करौता ९ वतन बताउने रामकिसन धरिकार ।
२४ जिल्ला धादिङ्ग ज्वालामुखी ३ वतन बताउने चन्द्र श्रेष्ठ ।
२५ जिल्ला दोलखा पोवटी वतन बताउने बिदुर खड्का ।
२६ जिल्ला मोरङ्ग ओर्लावारी ५ वतन बताउने पुष्पराज भटृराई ।
२७ ऐ झापा भद्रपुर ५ वतन बताउने श्याम मेचे ।
२८ का. जि. टोखा न. पा. १२ वतन बताउने सुजन सापकोटा ।
२९ जि. सिन्दुली हरिहरपुर ५ वतन बताउने पुष्प कुमार राई ।
३० जि. गोरखा भिमसेन ३ वतन बताउने बिकास खनाल ।
३१ का. म. न. पा ३५ वतन बताउने सागर पराजुली ।
३२ जि. गोरखा सौरापानी १ वतन बताउने गोकर्ण प्रसाद ढकाल ।,
३३ ऐ. ३ वतन वताउने संदिप ढकाल ।
३४ जि. काभे्र तिमाल ४ बताउने तेन्जिन लामा ।
३५ जिल्ला मोरङ्ग सुन्दर हरैजा ११ वतन वताउने रामचन्द्र पोखरेल ।

  •  
  •  
  •