भारतीय दूतावासमा धर्नामा बसेका ३५ अधिकारकर्मी पक्राउ

195
  •  
  •  
  •  

काठमाडौँ, १७ पुस(ओएनएस) : भारतीय दूतावासमा धर्ना दिन पुगेका ३५ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानवअधिकार तथा शान्ति समाजको आव्हानमा धर्ना दिन लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेका अधिकारकर्मीहरूले भारतीय नाकाबन्दीको विरोध गरेका थिए । धर्ना सुरू भएलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कृष्ण पहाडीसहितका अधिकारकर्मीहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।


  •  
  •  
  •