३३ दलीय मोर्चाले फेरी आन्दोलन थाल्ने

140
  •  
  •  
  •  

vaidaकाठमाडौ, ७ फागुन(ओएनएस) ; नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले राष्ट्रियताका विषयमा फेरि आन्दोलन सुरू गर्ने भएको छ ।

राष्ट्रियता र जनजीविकाका विषय जोडेर फेरि आन्दोलन गर्ने निर्णय गरेको छ । महंगी र भ्रष्टाचार विरुद्ध पनि आन्दोलनका कार्यक्रम गरिनेछ । नेत्रविक्र चन्द नेतृत्वको माओवादीले भ्रष्टाचारीको सूची सार्वजनिक गर्दै आन्दोलन गर्ने निणर्य गरेको केही दिनमै वैद्य नेतृत्वको माओवादीले पनि आन्दोलन गर्ने निर्णय गरेको हो ।

शसस्त्र जनयुद्धमा भएका कार्यक्रमलाई खुला रुपमा सञ्चालन गर्ने दुवै पार्टीको रणनीति बनेको छ । माओवादी नेतृत्वको मोर्चाको बैठकले संविधानसभाको विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय सभा गठन गर्न माग फेरि दोहोर्याएको छ ।

बैठकपछि नेकपा –माओवादी अध्यक्ष मोहन वैद्यद्धारा जारी विज्ञप्तीमा ३३ दलीय मोर्चालाई अझ सक्रिय बनाउने निर्णय भएको उल्लेख छ । मोर्चाले यही फागुन २५ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने लगायत विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।


  •  
  •  
  •