‘संविधानसभाले राष्ट्रिय बिखण्डन ल्याउछ भन्ने बीपीको चिन्ता थियो’

222
  •  
  •  
  •  

डा. शशाकं कोइराला 

बीपी कोइरालाको स्मृति दिबस मनाउदै गर्दा, बीपीले दिएको राजनीतिक विचार अहिलेपनि सान्दर्भिक छ भन्ने मलाइ लाग्छ । जुन राजनीतिक पृष्ठभूमिमा बीपीले संघर्ष गर्नुभएको थियो, उहाँका तीनवटा आदर्श थिए राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, जुन ‘सुपर हाइवे’ हो, त्यही कुराले होला अहिलेपनि बीपी कोइरालालाइ हामीले सम्झिरहेका छौ । त्यो अहिलेपनि सान्दर्भिक छ, राष्ट्रियता अत्यन्त कमजोर भएर गएको छ, त्यसैले बीपीलाइ सम्झनु पर्ने देखिन्छ ।

प्रजातन्त्र/लोकतन्त्र अहिलेपनि स्थापित भएको छैन, हामीले संविधान बनाउन सकिरहेका छैनौ । त्यसपछि समावजादी चिन्तन, जुनकि विश्वमै आकर्षणको लहर आइरहेको छ । अमेरिका जस्तो ठाउमा स्टक एक्सचेन्जमा ताला लागिरहेको छ, अन्य देशमापनि धनी र गरिव बीचको खाडललाइ पुर्ने एउटै चिन्तन वा बिचार समाजवाद हो । यसर्थ नेपालजस्तो मुलुकमा तीनवटै कुरा अत्यन्त महत्वपूर्ण हुन, त्यसैले बीपीको स्मृति दिबसको अबसरमा हामीले सोच्नु पर्ने समय आएको छ नेपालले अबको बाटो कुन लिने ?

बीपीले बाटो देखाइदिनु भएको छ, हामी मात्रै अल्झिरहेका छौ, अल्मलिरहेका छौ । बीपी कोइरालाले जुन नेतृत्व दिनुभएको थियो, त्यस्तो मान्छे भएन, यो दुभाग्य हो । उहाँ यस्तो परिस्थितमा जन्मनु भयो, यस्तो परिस्थितीमा हुर्किनु भयो, भारतसंगको सम्बन्ध चाइना संगको सम्ब्न्धले गर्दा बीपी कोइराला बन्नु भयो । जीवनभर उहाँले सघर्षपूर्ण बाटो लिनुभयो, कहिलैपनि सजिलो बाटो लिनुभएन, आजकालका नेताहरु सजिलो बाटो खोज्छन । र त्यो दुरदर्शिता अहिलेका नेतामा भएन, उहाँले पहिलै प्रेडिक्ट गर्नुभएको थियो, मलाइ सम्झना छ, ०३५ सालको जनमत संग्रहमा हारिसकेपछि पनि उहाँले भन्नुभएको थियो, ‘यो हाम्रो जीत हो । कसरी जीत हो भन्दा, यत्रो धाधलि भयो, तैपनि हामीले ४८ प्रतिसत पायौ । राजाले सुधारिएको पञ्चायत भनेर चुनाव लडे त्यो नै उनको हार हो ।’ अब २÷३ बर्षमै प्रजातन्त्र आउछ भन्नु भएको थियो, त्यो दुरदर्शिता उहाँमा थियो ।

बीपी कोइरालाले एउटा हाइवे बनाइदिनु भएको छ, हामीले त्यो हाइवेमा अगाडी बढ्न सक्यौ भने नेपालको समृद्धि हुन्छ । हामीले फेरी चक्का बनाउनु पर्दैन उहाँको विचारलाइ लिएर अगाडी बढ्यौ भनेमात्रै पनि नेपालको धेरै राम्रो हन्छ । तर हामी संविधान निर्माण गर्ने अस्पष्ट नीतिमा अल्मलिइ रहेका छौ ।

संविधानसभाले बिखण्डन ल्याउछ भन्ने बीपीको बुझाई

बीपी कोइरालाले ००८ सालमा संविधानसभाको कुरा उठाएर ०११ सालमा मौन बस्नुभाको छ, संविधान सभाको बारेमा बोल्नुभएन । किनभने उहाँले बुझिसक्नु भाको थियो संविधानसभाले बिखण्डन ल्याउछ । उहाँको भनाइ थियो, पहिले हामीले प्रजातन्त्रलाइ स्थापना गरौ, उहाँले बुझेर मौन बस्नु भएको छ, संविधानसभाको बारेमा । त्यो बेला दरवार संगको कन्फन्टेसन संवोधन गर्नकालागि पहिले चुनाव गरेर प्रजातन्त्रलाइ मजबुद बनाऔ, त्यसपछिमात्र संविधान सभाको कुरा गरौला भनेर भन्नुभएको हो ।

बीपी कोइरालाले ००८ सालमा संविधानसभाको कुरा उठाएर ०११ सालमा मौन बस्नुभाको छ, संविधान सभाको बारेमा बोल्नुभएन । किनभने उहाँले बुझिसक्नु भाको थियो संविधानसभाले बिखण्डन ल्याउछ । उहाँको भनाइ थियो, पहिले हामीले प्रजातन्त्रलाइ स्थापना गरौ, उहाँले बुझेर मौन बस्नु भएको छ, संविधानसभाको बारेमा । त्यो बेला दरवार संगको कन्फन्टेसन संवोधन गर्नकालागि पहिले चुनाव गरेर प्रजातन्त्रलाइ मजबुद बनाऔ, त्यसपछिमात्र संविधान सभाको कुरा गरौला भनेर भन्नुभएको हो ।

बीपीले ०११ सालमा मौन बसेको संविधानसभाको एजेण्डा ०६२/६३ सालमा कांग्रेसले  बोक्नुपर्ने केही कारण सृजना भए । ०६१ सालमा राजाले टेकओभर गरेपछि एउटा वेभ सृजना भयो, लहर नै आयो, गणतन्त्र र संविधानसभामा जानुपर्ने । त्यसपछि संविधान रच्नुपर्छ भन्ने दिशातिर लाग्यौ, संविधानसभा मार्फत । जुन मुलुकमा एउटा संघर्षपछि, जस्तो भारतमा भनौन ब्रिटिस राजलाइ समाप्त गरेपछि सम्पूर्ण शक्ति एकीकृत भएको थियो, त्यो बेला संविधान रच्न एकदम सझिलो हुदो रहेछ । हामी द्धन्दवाट निस्कियौ, तर राष्टियताको घेरामा बसिदिएनौ, पार्टीले आफ्नो एजेण्डा लियौ, बनाउनु पर्ने थियो नेपालीको संविधान । विगतमा गल्ती भएपनि, मंसीरको निर्वाचनपछि जुन संविधानसभा आएको छ, यो अत्यन्त महत्वपूर्ण अबसर हो ।

आजको दिनमा बीपीलाइ सम्झीदा मलाइ के लाग्यो भने, उहाँ भन्नुहुन्थ्र्यो–अफ्टयारोको परेको बेलामा, निर्णय गर्न नसकेको बेलामा एकमुठी माटो लिनुस भनेर, मलाइ लाग्छ– अहिले हेरक व्यक्तीले त्यो गर्नुपर्ला जस्तो छ । नेपाललाइ निकाश दिने हो, जातीय द्वन्दवाट हटाउने हो, नेपालमा शान्ति र विकास हुने हो भने हरेक नेपालीले सबैभन्दा पहिले बुझनु परर्यो राष्ट्रियताको बारेमा । यो हामो मुलुक हो, कुनै विदेशी शक्तिले चलाउने होइन, हामीले निर्णय गर्नुपर्ने हो । लोकतन्त्र नै हो उपयुक्त विकल्प हो ।

बामपन्थीसंग सुमधुर सम्बन्ध

बीपीलाइ कम्युनिष्ट विरोधी भन्ने अरोप मिथ्या हो । ०३६ सालतिर बीपीलाइ भेटन गेष्ट आउदा मैले कफी खुवाउथे, मलाइ सम्झना छ–बामपन्थी साथीहरु आएर संगै जाउ भनेका कुरा मलाइ स्मरण हुन्छ । एक त बीपी आफैपनि कम्युनिष्ट हुनुहुन्थ्र्यो, भारतमा जेल परि सकेपछि मात्र उहाँले आफूलाइ प्रजातान्त्रिक बनाउनुयो, जयप्रकाश नारायणको ठूलो मित्रतापछि उहाँ कम्युनिष्ट बाट डेमोक्र्याट बन्नुभयो । त्यो बेला बामपन्थी साथीहरु आएर कुरागर्दा बीपीले के भन्नुभयो भने, तपाइहरुको पनि अस्थित्व छ, तपाइहरु निलोलाइ भोट गर्नुन्छ भने भोट गर्नुस, हामीसंग मिल्नु हुन्छ भने तपाइहरु बिलिन हुनुहुन्छ तपाइ आफ्नो आइडेण्टी राख्नुस । दोस्रो कुरो, ०१४ सालको निर्वाचनमा ४ जना बामपन्थीले चुनाव जितेको थिए, उनिहरुलाइ जिताउन बीपी लाग्नु भएको थियो, बीपीको भनाइ थियो– म हेर्न चाहान्छु शक्तिसाली विपक्षी होस । सौभाग्य वा दुर्भाग्य भनौ कागे्रसले दुइ तिहाइ जित्यो, तर बीपी शक्तिसाली विपक्षी चाहानुहुन्थ्यो ।

मलाइ योपनि सम्झना छ, बीपीले बनारसमा बिद्यार्थीलाइ क्लास लिदा भनेका कुरा, डेमोक्रेशिमा विपक्ष पनि हुन्छ । उहँले उदाहरण दिनुभाको थियो, थिसिस, एण्टी थिसिस र सिन्थीसिस भयो भने झन अगाडी बढिन्छ । आजको दिनमा बीपीको बारेमा आर्को कुरापनि सुनाउ, एकजना पत्रकारलाइ बोलाएर बीपीले के भन्नुभयो भने, मेरो बिरोधमा न कसैले लेख्न सक्छ, न पार्टीभीत्र आलोचना गर्न सक्छ, विपक्षीपनि कमजोर भए । मैले जतिपनि निर्णय गर्छु, केही खोट होला लेख्नुस भनेर पत्रकारलाइ ३ सय रुपैया दिनुभयो । मैले गरेका त्रुटिमात्र देखाइदिनुस तपाइले, ताकि मपनि सच्चिन पाउने थिए भनेर । त्यो बेला प्रजापरिषद आएर कागे्रससंग एकतागर्न चाहेको थियो, बीपीले उनिहरुको प्रस्तावपनि अस्वीकार गर्नुभयो, एउटै पार्टी हुदा सर्बसत्तावाद हुन्छ भन्ने उहाँको विचार थियो ।

‘बीपी र महेन्दको व्यक्तीगत इगो’

राजा महेन्द्रको पनि धेरै राम्रो आइडिया थिए, कतिपयले के भन्छन भने महेन्द्रले बीपी कोइरालाको आइडिया चोरेको भनेर । मैले चाही के भन्छु भने–बीपीको कुरा चोरेर के भयो र ? राम्रो कुरा गर्नेहो भने त जस्ले गरेपनि भयो नि । गाउफर्क अभियानपनि बीपीकै बिचार भन्छन, यो कुरात विश्वबन्धु थापालाइ सोध्नु पर्ला के हो भनेर । बीपी र महेन्द्र दुइजना एकैठाउमा हुदा, दुभाग्य के भइदियो भने, बीपीको तर्फवाट केही संवाद नगरेको होइन । राजा महेन्द्रबाट ०१७ सालको कू एउटा दुभाग्य भयो, आर्को दुभाग्य भारतीय नेता जबाहारलाल नेहरुसंगको व्यक्तीत्वको टकराव आर्को दुभाग्य भइदियो । त्यो बेला सायद बीपीले मिलाउनु पर्ने थियो होला, प्रयास पनि गर्नुभयो ।

मार्सल टिटोले भन्र्यो ‘देरिज अ राइजिङ स्टार इन एसिया’ भनेर भन्दा नेहरुलाइ लागेको रहेछ मलाइ भन्र्यो भनेर, तर भनेको रहेछ बीपीलाइ । ‘पर्सनालिटि क्ल्यास’ भएको हुन सक्छ, तर महेन्द्रले त टोटल कू गरेर आठ बर्ष जेल राखिदिएको बीपीलाइ । त्यो महत्वपूर्ण दिनहरु बीपीको जेलमा कट्यो, हुनत त्यसको फाइदापनि भयो त्यही समयमा बीपीले साहित्य लेख्नुभयो ।

नेपाली कागे्रसले बीपीको समाजवादी बाटोवाट बिचलित भयो भने पहिचान नै रहदैछ । नेपाली कागे्रसको सरकारको पालामा हामीले ल्याएका नीतिमा केही त्रुटि देखिन्छ, हामीले निजिकरणका नाममा ज्यादा जोड दियौ, त्यो निजिकरण गर्दापनि गरिवहरुलाइ कसरी संवोधन गर्ने भन्नेकुरा छुटायौ । हुनत गरिवसंग विश्वेश्वर भन्ने कार्यक्रम आयो। समाजवादी चिन्तनवाट आएको हो । तर पइभेट मेडिकल कलेज, स्कुलहरु आए त्यसमा मेरो दृष्टिकोणमा त्यहँनेर चुकियो, १ सय जना बिद्यार्थी पढाउनु हुन्छ भने २० जना गरिवको विद्यार्थीलाइ लिइदिनुस भन्ने ।

‘बीपीलाइ तपाइ मेरो बुबा होइन भने..’

बीपीले अरुलाइ कति न्याय गर्नुहुनथ्र्यो भन्ने एउटा मार्मिक कुरा आज तपाइसंग शेयर गर्छु, जुन हिजो मात्रपनि सम्झिएको थिए । मैले एमबीएस पढनकोलागि कोटामा एप्लाइ गरेको थिए, त्यो वेला आर्को एकजना लेडिजपनि थिइन । बीपी घाटीको अप्रेसन गरेर अस्पतालमै उपचार गराइरहनु भएको थियो, भारतीय विदेश बिभागको मान्छे आएर बीपीलाइ सोध्र्यो, बीपी एउटा मात्र सिट छ कस्लाइ गरौ ? भनेर पश्न राख्दा बीपीले ती आर्की महिलालाइ गर्नुस भनेर भन्नु भयो । त्यो बेला मलाइ अत्यन्त आक्रोश भयो, आखाभरी आसु आयो, कस्तो हुदो रहेछ त्यो योङ्ग एजमा ।

बीपीको अप्रेसन गरेको समय थियो, नभनौ जस्तोपनि लागेको थियो, तर रोक्न सकिन, मैले भने–तपाइले आज मलाइ तिलान्जली दिनुभयो, तपाइ मेरो बाउपनि होइन । तपाइ आफूलाइ ठूलो नेता भन्नु हुन्छ, मेरो ७८ प्रतिसत आएको उनको ४३ प्रतिसत, तपाइले के न्याय गर्नुभयो ? यतिपनि न्याय गर्न सक्नु हुन्न भने के राजनीति गर्नुहुन्छ ? भनेर आधा घण्टा बोलिसकेपछि चुप्प लागे उहाँले भन्नुभयो, तेरो कुरा पूरा भयो ? तपाइ मेरो बुबापनि होइन भनेर आक्रोशमा आएर भने, त्यहाँ भन्दा धेरै के भन्नु ।

मेरो कुरा सकिएपछि बीपीले भन्नुभयो–उ कहाँ जन्मिएको, आमा बाउ कस्ता छन ? को थिए, कुन स्कुलमा पढे, कस्तो संस्कार पाए ? त्यो छोरी मेरै घरमा बसेको भए, मेरैमा पढेको भए ९८ प्रतिसत आउथ्यो, तैले त मात्र ७८ प्रतिशत ल्याइस । उसले त्यो अबसर पायो ? तैले त अबसर पाइरहन्छस, उसको लागि यो प्रथम र अन्तिम अबसर हो, ल भन त मैले न्याय गरेकी अन्याय ? बुवाले त्यसो भनेपछि मैले बोल्न सकिन । बुबाका गुणै गुण थिए, मैले कुनै अवगुण भेटाउदिन ।

 

(बीपी पुत्र शशाकंसंग केही समय पहिले गरिएको कुराकानीमा आधारित)


  •  
  •  
  •