‘बीपीले चाहेको भए ०३६ सालमै प्रजातन्त्र आउँथ्यो’

215
  •  
  •  
  •  

भरतमोहन अधिकारी

नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदान अतुलनीय छ । तर, बीपीको आफ्नै कमजोरीका कारण उहाँको जीवनकालमै प्रजातन्त्र आउन भने सकेन । हुनत बीपी र हाम्रो पारिवारिक सम्बन्ध पनि थियो, तर राजनीतिक दृष्टिकोणमा हामी पृथक सिद्धान्त बोकेर हिडेका थियौ ।

नेपाली कागे्रसको नेताको रुपमा बीपीको आफ्नै धार देखियो, तर बीपीका कतिपय कुरामा म असहमत भए, जुनकुरा मैले आफ्नो कितावमा लेखेको छु । २०३६ सालको जनमत संग्रहमा बहुदल नआउनुमा बीपीको कमजोरी रह्यो भन्ने मेरो दृष्टिकोण छ ।

जनमत संग्रहको समयमा मनमोहन अधिकारीले पञ्चायती व्यबस्था ढाल्ने मौका छ भनेर कागे्रस नेताहरुसंग प्रस्ताव गर्नुभएको थियो । यसपाली पञ्चायत ढालौ भनेर । गणेशमानजीले मान्नु भयो, कष्णप्रसादले मान्नुभयो, ऋशिकेश शाहलाइ पनि मन परेछ ।

बीपीलाइ बहुदलको राष्ट्रिय मञ्चको अध्यक्ष बनाएर आन्दोलन अगाडी बढाउन मनमोहनले (मनमोहन अधिकारी) प्रस्ताव गर्नुभएको थियो । यो भन्दा राम्रो प्रस्ताव के हुन्छ भनेर सो प्रस्ताव लिएर गणेशमान, कृष्णप्रसाद र शाह बीपीलाई सम्झाउन गए, बीपी कोटामा पुगे ।

शाहले मलाई पछि भने अनुसार गणेशमान र कष्णप्रसाद बोल्दैनन, बीपीका अगाडी उनीहरु न्याहुरी मुसा झंै । बीपीको डोमिनेसन कस्तो थियो । अनि शाहले प्रस्ताव राख्नुभएछ, राष्ट्रिय मञ्च बनाउन भन्दा बीपीले कुनै अबस्थामा हुदैन भन्नु भएछ । मनमोहनजीले पनि आफैं गएर बीपीलाइ सम्झाउनुभयो, राष्ट्रिय मञ्च भएको भए लहर आउथ्यो, बहुदल आउथ्यो भनेर । तपाई अध्यक्ष बन्नुस, म सदस्य बस्छु भन्दापनि बीपीले मान्नु भएन ।

जब बीपी राजबिराज पुग्नुभो, त्यहाँ नेबिसंघका केटाहरुले बीपीलाई भने यहाँ अन्याय भो, ठूलो धाँधली हुँदैछ । सिडिओ, प्रहरी र पञ्च सबैले धाँधली गर्ने योजना बनाएका छन । त्यो बेला बीपीले भन्नुभयो, धाँधली हुदैन भयो भने हाम्रो पक्षमा हुन्छ, बहुदलको पक्षमा हुन्छ । कति उहाँ आश्वस्त हुनुहुन्थ्यो । धाँधली हुँदै  हुँदैन भयो भने बहुदलको पक्षमा हुन्छ । त्यो कुराले उहाँले मार खानुभयो ।

त्यतिवेला बीपीलाई के भ्रम थियो भने, यो जनमत संग्रह राजाले एउटा नाटक गरेको हो मलाई प्रधानमन्त्री गराउन गरेको भन्ने । उहाँलाइ के थियो भने अन्तर्राष्ट्रिय शक्तिमा भर थियो । बाह्य शक्तिको सुझावका भरमा जनमतसंग्रह आएको भन्ने थियो । जनमत संग्रह एउटा नाटक हो, पञ्चायतवाट दिक्क भएको राजा नै बहुदल ल्याउन चाहान्छ भन्ने भ्रम बीपीमा थियो ।

उदाहरण दिन्छु, जब बीपी राजबिराज पुग्नुभो, त्यहाँ नेबिसंघका केटाहरुले बीपीलाई भने यहाँ अन्याय भो, ठूलो धाँधली हुँदैछ । सिडिओ, प्रहरी र पञ्च सबैले धाँधली गर्ने योजना बनाएका छन । त्यो बेला बीपीले भन्नुभयो, धाँधली हुदैन भयो भने हाम्रो पक्षमा हुन्छ, बहुदलको पक्षमा हुन्छ । कति उहाँ आश्वस्त हुनुहुन्थ्यो । धाँधली हुँदै  हुँदैन भयो भने बहुदलको पक्षमा हुन्छ । त्यो कुराले उहाँले मार खानुभयो ।

बीपीलाई ठूलो माका थियो, उहाँको नेतृत्वमा जीवन कालमै बहुदल स्थापना गर्ने । ०३६ सालमा बीपीले ठूलो मौका मिस गर्नुभयो । त्यो बेला मनमोहन भूमिका के थियो ? मनमोहनजी त्यो बेला हिरो बन्नुभयो, जहाँ गएपनि पक्राउ पर्ने । उहाँले भन्ने गर्नुहुन्थ्यो, म अब ७५ जिल्लाको तारिक बोकेर आउछु ।

बीपी राष्ट्रवादी नेता

व्यक्तिगत आचरणको हिसावले बीपी असाद्धै शिष्ट व्यक्ति हुनुहुन्थ्यो । कोही व्यक्ति भेट्न आयो भने स्वागत गर्न उठेर ढोका सम्मै जाने र बिदाइ गर्दापनि उठेर जाने । अर्को कुरा बीपी घमण्डी त घमण्डी हो ।

बीपीमा अहम् थियो । ‘म प्रधामन्त्री’ले भनेको भन्नु हुन्थो । घमण्ड भएपनि बीपी तर असाद्धै विद्धान व्यक्ति हो, त्यो बेलाको समकालीन राजनीतिमा । त्यो बेला बीपीले शव्द्ध ल्याउथे, कोही मान्छेलाई त्यो शव्द कहाँवाट आयो भन्ने उत्सुकता हुन्थ्यो ।

वाास्तममा बीपी राष्ट्रवादी र प्रजातान्त्रिक ब्यक्ति, उहाँको सम्पूर्ण जीबन प्रजातन्त्र र राष्ट्रियताको पक्षमा बित्यो । बीपीले राणादेखि पञ्चायत सम्म लडाइ लड्नु पर्यो । त्यसक्रममा उहाँका क्याल्कुलेसन मिलेनन् होला, त्यो वेग्लै कुरा हो ।

‘डाइहार्ट एन्टी कम्म्युनिष्ट’

बीपीको एउटा कमजोरी के रह्यो भने, बीपी डाइहार्ट एन्टी कम्म्युनिष्ट । कम्युनिष्ट भनेपछि उहाँले देख्नै नहचाहाने । हाम्रो नाता भएकोले त्यताबाट भेट हुन्थ्यो, मसंग त राम्रो थियो, म भतिजो जस्तो मान्छे सम्झाउन पनि खोज्नु हुन्थ्यो । तर, कम्युनिष्ट भनेपनि सहनै नसक्ने ।

मेरो एउटा धारणा, भारतमा नेहरु किन सफल भए भने, नेहरु कम्युनिष्ट प्रति पनि सफ्ट थिए, जयप्रकाशनारायण भारतमा उस्तै कम्युनिष्ट विरोधी असफल भए, नेपालमा पनि उस्तै भयो । नेपालका बामपन्थीले बीपीलाई रुचाउने, बीपीले बापमन्थी नरुचाउने । उहाँको स्कुलिङ नै त्यस्तो । मलाई बीपी असफल हुनुमा उहाँको ‘एन्टी कम्युनिजम’ भावना एउटा कारण लाग्छ ।

०४६ सालको जनआन्दोलनका बखत गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई कम्युनिष्टसंग मिलेर आन्दोलन गरांै भन्ने तर गिरिजाबावुले नमान्ने । बीपी बितिसक्नुभाथ्यो । गिरिजाले नमान्ने । अनि त्यसपछि पछि गएर हिन्दुस्थानको चन्द्रशेखरसंग गिरिजाको राम्रो सम्बन्ध, चन्द्रशेखरले सम्झाउनु पर्र्पो गिरिजालाई । प्रजातन्त्र ल्याउन कम्युनिष्टसंग मिल्दा के बिग्रन्छ भनेर । आन्दोलन सकिएपछि पछि नमिल, चन्द्रशेखरले सम्झाएपछि गिरिजाले मान्नु भएको हो ।

कोइराला परिवार यति कम्युनिष्ट विारोधी हो, प्रजातन्त्र ल्याउन मिलेर लडौ भन्दा गणेशमान, कृष्णप्रसादहरुले मान्दापनि गिरिजाले नमान्ने, बीपीको शिक्षा । बीपी असफल हुनुमा उहाँको एन्टी कम्युनिष्ट धारणा हो, नत्र जनमत संग्रहमा बहुदल आउथ्यो । ०३६ सालमा जनमत संग्रह भएको थियो, त्यही बेला बहुदल आउथ्यो ।
(नेकपा एमालेका नेता अधिकारीसंगको कुराकानीमा आधारित)


  •  
  •  
  •