सार्वजनिक यातायातबाट ३२ श्रमिक बालकको उद्धार

352
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख (ओएनएस): काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायात बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतका सवारीसाधनबाट ३२ श्रमिक बालकको उद्धार गरिएको छ।

सार्वजनिक यातायातका सवारीसाधनहरुलार्इ बालश्रम रहित बनाउने अभियान अन्र्तगत आज बिहिबार बालश्रमको रुपमा काम गरिरहेका बालकहरुलार्इ उद्धार गरिएको हो ।

बालश्रम (निषेध र नियमित गर्न) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउन नहुने भन्ने कानुनी मान्यताका साथ शुरु गरिएको अभियानको पहिलो दिन बुधबार १४ र दोस्रो दिन बिहीबार १८ जना गरी ३२ बालकलाई बिभिन्न सार्वजनिक यातायातमा बालश्रमको रुपमा काम गरिरहेको अवस्थामा उद्धार गरिएको केन्द्रीय बालकल्याण समितिका निर्देशक तारक धितालले बताए।

उनले भने, ‘ति बालकहरुलाई उनीहरुले काम गरिरहेकै अवस्थामा कोटेश्वर चाेकबाट उद्धार गरिएको हो ।’श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदय कुमार गुप्ता सहितको टोलीले सवारी साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका ३२ बालकलाई दुई दिनमा उद्धार गरि संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको छ ।

उद्धार टोलीको नेतृत्व गरिरहेका प्रमुख गुप्ताका अनुसार बालकहरुलाई कोटेश्वर चाेकको एअरपोर्ट तर्फको बस बिसौनीबाट र ग्वार्को जाने तर्फको बस बिसौनीबाट उद्धार गरिएको हो । उनका अनुसार उद्धार गर्नु अघि बालकहरु बिभिन्न सार्वजनिक यातायातमा काम गरिरहेका थिए । उद्धार गरिएका ति बालकरुलाई अहिले तत्कालका लागि बालअधिकारका क्षेत्रमा कार्यरत बिभिन्न सस्थामा पठाईएको छ ।

प्रमुख गुप्ताले भने,‘उद्धार गरिएका बालकहरुलाई उनका आफन्त बुबा आमा या अन्य कोहि नजिकका व्यक्तिहरुसग सम्पर्क गराई घर छोड्नुको बास्तबिक कारण पत्ता लगाउछौे र पुन सो काममा नर्फकने बातावारण बनाउन प्रयास गर्नेछौ।’
ओएनएस न्युजसँग कुरा गर्दै उनले भने,‘ उद्धार गरिएका बालकहरुको यदि कोहि पनि आफन्त सम्पर्कमा नआए वा नभएको अवस्थामा हामीले स्वयं बालकलाई नै सम्झाएर बिद्यालय जाने सम्मको वातावरण सृजना गर्छौँ ।’

केन्द्रीय बालकल्याण समितिका निर्देशक तारक धितालका अनुसार उद्धार गरिएका सबै बालकहरुको घटना बिश्लेषण गरीने छ र उनीहरुलाई आवश्यक पर्ने अन्य थप सहयोग समेत गर्ने अभियानको लक्ष्य रहेको छ ।

‘अभियानको मुख्य उद्धेश्य भनेको परिवार पुर्नमिलन हाे’ उनले भने, ‘हामीले बालकहरुको सहयोगमा उनीहरुका परिवारसँग पूर्न मिलन गराउने प्रयास गछौँ यदी बालकहरुको कोहि पनि आफन्त नभेटिए वा नभएकाहरुलाई बैकल्पीक व्यवस्था गर्नेछौ।’

बैकल्पीक व्यवस्थामा बालकहरुको इच्छा चाहना र क्षमताको बिश्लेषण गरी औपचारीक शिक्षा अथवा अनौपचारीक शिक्षा सिपमुलक शिक्षाको व्यवस्था गरिने निर्देशक धितालले बताए।यस्तै गरेर टोलीले आजै २२३ वटा गाडीको अनुगमन गरी बालश्रमसग सम्बधित सचेतनामुलक स्टीकर समेत टास गरेको छ ।

निर्देशक धितालले अभियान यहि बैशाख ९ गते सम्म चल्ने भनिएता पनि त्यस पछि पनि ट्राफिक प्रहरीको सहयोग र सहकार्यमा सार्वजनिक यातायातका साधनहरुमा बालश्रम रहित बनाउने यो क्रम चलिनै रहने बताए।

अभियान श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा यहि बैसाख ५ गते बुधबार देखि शुरु गरिएको हो । पछिल्लो समयमा सार्वजनिक यातायातका साधनहरु बालश्रमीकहरुको सख्या तिब्र रुपमा बढेकोले यो अभियानको आवश्यकता परेको अभियानमा सम्लग्नहरुको भनाइ थियो ।


  •  
  •  
  •