अमेरिकामा नेपाली महिलाको गोली हानी हत्या

268
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ (ओएनएस) : अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएकी नेपाली महिलाको लुटेराले गोली हानी हत्या गरेका छन् । टेक्सासको ७४२० मुख्य सडकमा रहेको आफ्नै स्टोरमा समीरा शिवाकोटीको हत्या भएको हो ।

३१ वर्षिया शिवाकोटी स्टोरमा बसिरहेको बेला लुटेराले गोली प्रहार गरेका थिए । प्रहरीका अनुसार उनी माथि ११ बजे गोली प्रहार भएको थियो । नवराज शिवाकोटीकी श्रीमती समीरा दुई बच्चाकी आमा हुन् ।Samira

हत्याराले स्टोरमा गोली प्रहार गर्ने क्रममा ९० सेकेन्ड विताएको थियो । शिवाकोटीको स्टोर नजिकको टायर पसलका धनी जेभियार कान्टीको सीसी क्यामेराले हत्या गरेको दृष्य खिचेको छ ।

हत्याराले टाउकोमा रुमाल बाँधेको र हत्याअघि केहि सय डलर चोरेको थियो । हत्याको आरोपमा प्रहरीले २५ देखि ३५ बर्ष उमेरका कालो वर्णका मानिसको खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार हत्याराले टाउको सेतो रुमाल बाँधेर कालो वा निलो रंगको लुज टिसर्ट, निलो रंगको जिन्स् पेन्ट र सेतो जुत्ता लगाएको तथा कालो रंगको नयाँ मेडेलको कारमा भागेका थिए ।

प्रहरीले उल्लेखित रंगको हुलिया भएको मानिसको बारेमा सूचना दिनेलाई १० हजार डलर पुरस्कारको घोषणा गरेको छ ।

samira 2


  •  
  •  
  •