काठमाडौं, १४ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे छलफल गर्न ३१ दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको पहलमा बिहीबार बिहान वालुवाटारमा संविधानसभामा रहेका ३० र संविधानसभाको विरोध गर्दै आएको नेकपा–माओवादीको सयुँक्त बैठक बस्न लागेको हो ।
बैठकमा भारतीय प्रधानमन्त्री आउँदा हुने सम्झौतामा सर्वदलीय सहमित जुटाउने विषयमा छलफल हुने बताइएको छ । स्रोतअनुसार नेकपा–माओवादीसँग प्रधानमन्त्रीले छुट्टै छलफल गर्न चाहेका छन् । नेकपा–माओवादीसँग सँयुक्त र छुट्टाछुट्टै छलफल गर्ने तयारी भएको छ । मोदी यही साउन १८ गते नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । १७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणलाई उच्च महत्व दिइएको छ ।