चुनावी र्‍यालीमा आक्रमण, ३१ मारिए

339
  •  
  •  
  •  

काठमाडौं १३ वैशाख  (एजेन्सी) :  इराकको राजधानी बग्दादमा शिया समुदायको चुनावी र्‍यालीमा श्रृंखलाबद्ध आक्रमण गरिँदा ३१ जना मारिएका छन् । आक्रमणमा परी थुप्रै व्यक्ति गम्भीर घाइते भएका छन् ।
असाइब अहल अल–हक पार्टीले हिजो निकालेको र्‍यालीमा आक्रमण गरिएको हो । इराकमा आगामी बुधबार हुने संसदीय चुनाव अगाडि हिंसा मच्चाइएको हो । इराक सन् २००८ यता सर्वाधिक अस्थीरतामा फसेको छ ।
इस्लामिक स्टेट इन इराक एण्ड द लेवेन्ट नामक समूहले उक्त आक्रमणको जिम्मा लिएको छ । असाइब अहल अल–हक पार्टीलाई इरानको समर्थन रहेको बताइएको छ । साथै यस दलले सिरियाली राष्ट्रपति बशर अल असदको समर्थन पनि गर्दछ ।
सुन्नी समूह भने यस पार्टीको विरोधमा देखिएको छ । सन् २०११ मा अमेरिकी सैनिक फिर्ता गएपछि इराकमा पहिलो पटक चुनाव हुन लागेको हो ।
आगामी बुधवार ३२८ सीटका लागि हुने निर्वाचनमा नौ हजार उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
b1c302595787a4ebc8868927a795eb3e

  •  
  •  
  •