चीनमा भीषण वर्षा, ३१ को मृत्यु

535
  •  
  •  
  •  

rain in chinaकाठमाडौ, २३ जेठ(एजेन्सी)  : चीनको दक्षिण पश्चिम गुईझोउ प्रान्तमा गत एक महिनामा भएको ठुलो वर्षाका कारण कम्तिमा ३१ जनाले ज्यान गुमाएका छन् भने १४ लाख भन्दा बढि मानिस प्रभावित भएका छन् ।

rain in china2उक्त प्रान्तको नागरिक मामिलाका विभागका अनुसार गुईझोउ प्रान्तमा १४ मे देखी भइरहेको भीषण वर्षका कारण आएको बाढि र पहिरोका कारण १४ लाख भन्दा बढि प्रभावित भएका छन् भने ८३ हजार मानिस विस्थापित भएका छन् ।

विभागका अनुसार यसका कारण ११ सय घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ५६ हजार ६ सय हेक्टरमा लगाइएको खेतीबालीमा नोक्सान पुगेको छ । जसका कारण २.७ अरब युआन नोक्सान भएको छ ।

rain in china1स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रमा अन्य राहत सामग्रीहरूको साथै २ हजार ५० पाल र ११ हजार बस्ने कार्पेट पठाएको छ । आगामी दुईदिनमा झन् ठूलो वर्षा हुने अनुमान गरिएको छ । सरकारले मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने तयारीमा जुटेको समाचारहरूमा जनाइएको छ ।


  •  
  •  
  •