३ सय चीनीयाँ सेनाले भारत छिरेर १ सय सेनालाई बनाए बन्धक

79
  •  
  •  
  •  

chinese-indian-conflictकाठमाडौ, ३० भदौ (एजेन्सी) : चीनीयाँ राष्ट्रपति शी जिनपिङ्गको भारत भ्रमणभन्दा पहिले चीनीयाँ सेना एकपटक फेरी भारतीय सिमामा घुसेका छन् । चीनीयाँ सेना लद्धाखको चुमुर क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पीपुल्स लिबरेशन आर्मी(पिएलए)को नजिकै करिब ३०० चीनीयाँ सेनाले १ सय भारतीय सेनालाई घेरेका छन् र उनीहरूलाई कतै जान दिएका छैनन् ।

यसभन्दा अगाडि ११ सेप्टेम्बरमा पनि चीनीयाँ सेना लद्धाखमा देमचोक क्षेत्रमा भारतीय सिमामा ५ सय मिटर भित्र छिरेका थिए । यो वर्ष अगस्तसम्म चीनीयाँ सेना भारतमा ३ सय ३४ पटक छिरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनीयाँ सेना भारतमा छिरेपछि सीमामा तनाव बढेको छ । चीनीयाँ सैनिकद्धारा भारतीय सेनालाई घेरेर राखेपछि त्यहाँको स्थिति थप गम्भिर बनेको हो ।

स्रोतहरूलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लद्धाखको देमचोक क्षेत्रमा दुई देशको सेनाबीच तनाब बढेको छ र त्यहाँ दुवै देशले आफ्नो तर्फबाट सेना थप गरेका छन् ।
चीनीयाँ सेनाले सन् २०१४ को अगस्तसम्म ३ सय ३४ पटकसम्म भारतीय सिमामा प्रवेश गरिसकेका छन् । अगस्तमा चीनीयाँ सेना लद्धाखको बुर्तसे क्षेत्रमा भारतीय सीमाको २५ किलोमिटर भित्रसम्म घुसेका थिए । भारतीय सेनाको गस्ति दलले पीएलएको अधिकारीहरूलाई देखेका थिए । यसपछि गस्ति दल फर्केको थियो । भोलीपल्ट जब गस्ति टोली फेरी गस्तिमा निस्के तब चीनीयाँ सैनिक सोही स्थानमा थिए ।


  •  
  •  
  •