काठमाडौं, २२ भदौ (ओएनएस) ः काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोको हालसम्म ३० हजार जनाले अवलोकन गरेका छन् ।
शोको आइतवारमात्र ७ हजार भन्दा बढीले अवलोकन गरेको नाडाले जानकारी दिएको छ । साथै करिव ७० करोड रुपैयाँ बराबरको सवारी बुकिङ भएको नाडाका उपाध्यक्ष अन्जन श्रेष्ठले बताए । बुधवारदेखि सुरुभएको अटो शो सोमवारसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
अटो शोमा प्राय कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
यस्ता छन् अटो शोमा सार्वजनिक गरिएका गाडीहरु
फियाट पुन्टो इभो
१२ सय सीसीको फियाट पुन्टो इभो ह्याचव्याक सेग्मेन्टको सवैभन्दा बढी ग्राउण्ड क्लियरेन्स भएको गाडी हो । यो गाडी २० किलोमिटर प्रतिघण्टा चल्दा ढोकाहरु आपै बन्द हुन्छ । साथै स्टार्ट गरेपछी कुनै ढोका नलागेमा सूचना दिन्छ । यो गाडीको बजार मूल्य २६ लाख ९५ तोकिएको छ । यो गाडी सुरक्षाको दृष्टिकोणले पनी उपयोगी छ । यसमा डुव्लिकेट चावी छिराएमा सिष्टम समेत लक हुन्छ ।
हुण्डाई एक्सेन्ट
हुण्डाइ एकसेन्टमा सेन्ट्रल लकिङ, एन्टी लक व्रकिङ सिष्टमलगायत सुविधाहरु छन् । त्यस्तै ‘रियर पार्किङ क्यामरा’ तथा ‘सेन्सर, ‘रियर एसी’ यसको बजार मूल्य ३१ लाख रुपैयाँ तोकिएको छ । यो विभिन्न सात रङमा उपलब्ध छ ।
होण्डा मोविलो
होण्डा मोविलोको बजार मूल्य ३९ लाख ७० हजार रहेको छ । हाल बजारमा चार रङमा उपलब्ध छ । फग ल्याम्प,माइक्रो एनटनालगायत विशेषताहरु छन् । १८९ एमएम ग्राउण्ड क्लियरेनसको यो १४ सय सीसीको गाडी हो ।