प्रधानमन्त्रीले भारत भ्रमण अगावै अाज मन्त्रिपरिषद् बैठक बसेर यस्ताे गरे निर्णय

282
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : प्रधानमन्त्रीले भारत भ्रमण अगावै अाज विहना मन्त्रिपरिषद् बैठक बसेर कर्मचारीहरुकाे सरुवा गर्ने निर्णय गरेका हुन्। बैठकमा विभिन्न मन्त्रालयका सचिवको सरुवा गर्ने निर्णय गरेको हाे । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानु अघि अकस्मात मन्त्रिपरिषद् बैठक बसेर तीस सचिवको सरुवा गर्ने निर्णय गरिएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद‍् कार्यालयका एक उच्च स्राेतले जनाएकाे छ।

स्राेतका अनुसार पुरानो मिति राखेर शुक्रबार बिहान सचिव सरुवाको सूचि टुंगो लगाइएको हो।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहमन्त्रालय सरुवा गरिएको छ भने गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालय सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएकाे हाे।

महेन्द्रमान गुरुङलाई सञ्चार मन्त्रालय सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपाने अख्तियार लगिएको छ ।

राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा मन्त्रालय सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयका सचिव शरद्चन्द्र पौडेललाई योजना आयोग लगिएको छ । त्यसैगरी मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाइएको छ । अधिकारी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा हुनुहुन्थ्यो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ । नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ । सरकारले नीति अनुरुप नै सचिव सरुवा गरिएको दाबी गरेकाे छ।


  •  
  •  
  •