जन्ति बसमा खस्यो बिजुलीको तार, ३० को मृत्यु

139
  •  
  •  
  •  

electricity-wiresकाठमाडौ, २९ जेठ(एजेन्सी) : राजस्थानको टोक जिल्लामा एक जन्ति बसमाथि बिजुलीको हाइटेन्सन तार खसेपछि ३० जनाको ज्यान गएको छ ।

साँच गाऊँ नजिकै बसमाथि तार खसेपछि बसमा रहेका सबै जन्तिलाई करेन्ट लागेको थियो । समाचारहरूमा जनाइए अनुसार घटनास्थलमा ३० जनाको शव निकालिएको छ भने मृत्यु हुनेको संख्या बढ्न सक्छ । बसमा कति जना सवार थिए भन्ने बारे केही खुलेको छैन् ।


  •  
  •  
  •