प्रक्रियामा गएर संविधान जारी गर्न खोजिए प्रतिकार गछौं : ३० दल

319
  •  
  •  
  •  

काठमाडौं,  २७ पुस (ओएनएस) : एमओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले काँग्रेस–एमालेको सत्तारुढ गठबन्धनले सहमतिलाई वेवास्ता गर्दै प्रक्रियामा गएर संविधान जारी गर्न खोजिए त्यसको प्रतिकार गर्ने निर्णय गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले संविधानको मुल विषयमा देखिएको विवादलाई सहमतिमा गर्ने पहल गर्र्ने पनि बताएको छ ।
साथै संविधानसभा नियमावलीले निर्धारण गरेको संविधान निर्माणको सहमतिको प्रक्रियालाई बेवास्ता गर्न नहुने निष्कर्ष निकालेको छ ।

सहमतिको प्रक्रिया विपरीत बल प्रयोग गर्न खोजिए त्यसको संविधानसभाभित्रबाटै सशक्त आन्दोलन र प्रतिवाद गर्ने निर्णयसमेत गठबन्धनले गरेको छ ।

बैठकपछि समाजवादी जनता पार्टीका अध्यक्ष एवम् गठबन्धन प्रवक्ता प्रेमबहादुर सिंहले सहमतिको प्रक्रिया विपरीत नियम निलम्बन गर्ने, संशोधन गर्ने अनि बहुमतका आधारमा संविधान निर्माण गर्न खोजिए त्यसको अधिकतम प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिए ।

सहमतिका लागि संविधानसभाभित्रै पनि सङ्घर्ष र आन्दोलनलाई सशक्त तुल्याएर जबर्जस्ती गरेर संविधानको विषयलाई प्रक्रियामा लगेर टुङ्ग्याउन खोजिए त्यसको कडा प्रतिवाद गर्ने निर्णय भएको नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा केशवमान शाक्यले जानकारी दिए ।


  •  
  •  
  •