मोदीको भ्रमणलाई राष्ट्रहितमा उपयोग गर्न सुझाव

63
  •  
  •  
  •  

काठमाडौँ, १५ साउन (ओएनए) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा बिहीबार प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइराला, अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमणको तयारी र नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका समझदारीबारे जानकारी गरा
एका थिए । भारतीय प्रधानमन्त्री मोदी यही साउन १८ गते दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन् ।

बैठकमा सहभागी दलका नेताहरूले मोदीको भ्रमणलाई दुवै देशको हितमा अधिकतम सदुपयोग गर्ने अवसरका रुपमा लिन आग्रह गरेका छन् । बैठकमा सहभागी समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले माथिल्लो कर्णाली जलविद्युत् परियोजना, मध्यपहाडी र हुलाकी राजमार्गलगायत बृहत् आयोजनामा भारतीय सहयोग जुटाउन पहल गर्न सुझाव दिइएको बताए ।
सबै दलका नेताहरूले आ–आफ्नो धारणा राखेको थरुहट तराई पार्टीका नेता गोपाल दहितले बताए । उनका अनुसार वैठकमा सहभागि नेताहरूले आफ्नो कुरा राख्दै बाहिरिँदै गरेका थिए । भेटमा उर्जा व्यापार सम्झौताको तयारीबारे छलफल भएको थियो ।


  •  
  •  
  •