तीन देशका अधिकारीलाई बोकेर बंगलादेशबाट हिड्यो नेपालका लागि बस

294
  •  
  •  
  •  

काठमाडाैँ, १० बैशाख (अाेएनएस) : तीन देशका अधिकारीहरुलाई बोकेर बंगलादेशबाट नेपालका लागि दुई वटा बस हिडेको छ।उक्त बसमा तीन देशका तीस अधिकारी यात्रु बनेका छन्।तीन देशका ३० जना सरकारी अधिकारीहरुलाई लिएर गाडी बंगलादेशको ढाकाबाट काठमाडौंतर्फ आउन लागेका छन् ।

दक्षिण एशियाली मुलुकहरु बंगलादेश, भुटान, भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका सिलसिलामा दुईवटा बस ढाकाबाट अघि बढेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) बिनोद भट्टराईले जानकारी दिए । उनी सहित बिभिन्न मन्त्रालयका ६ जना नेपाली अधिकारीहरु ती बसमा सवार रहेका छन्।

बंगलादेश, भुटान, इण्डिया नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको हो ।चार देशबीच सम्झौता भएका तीन वर्षपछि रुट परीक्षण शुरु भएको हो ।

बिबिआइन मोटर भेहिकल सम्झौता २०१५ मा भएको थियो । जसमध्ये भुटानको माथिल्लो सदनले सो सम्झौता अनुमोदन गरिनसकेका कारण रुट सर्भे तथा परीक्षणका क्रममा भुटान सहभागी छैन । नेपालको मन्त्रिपरिषदले लेटर अफ एक्सचेन्ज अनुमोदन गरेपछि सम्भवतः ६ महिनाभित्रमा नियमित चारदेशीय बस सेवा संचालन हुनेछ ।

सर्वसाधारण यात्रुका लागि बसमा वाइफाइ लगायतका सबै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सुबिधाहरु उपलव्ध हुनेछन् । बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं सम्मको हुने छ ।

काठमाडौंमा सम्पन्न अठारौं सार्क सम्मेलनमा भारतले सार्क मुलुकलाई एक अर्कासँग यातायात सम्पर्कबाट जोड्न सार्कका आठै मुलुकमा बस चलाउने प्रस्ताव राखेको थियो । तर पाकिस्तानले अश्वीकार गरेपछि नेपाल,भुटान,भारत र बंगलादेशीबीच यातायात सम्झौता भएको हो ।

यो रुटमा नियमित बस सेवा सन्चालन भएपछि नेपालबाट पूर्व भारत हुँदै ढाका र भुटान जान हवाइमार्गको आवश्यकता पर्ने छैन । बस भाडा लगायतका अन्य विषयमा भने निर्णय हुन बाँकी छ । शुरुमा दुई तीनवटा बसबाट सेवा प्रारम्भ हुनेछ । चारवटै देशले बराबरी संख्यामा बस सन्चालन गर्नेछन् ।

ढाकाबाट अघि बढेका बस सोमवार साँझ बंगलादेश र भारतको सिमावर्ती रंगपुर शहरमा रहनेछन् । मंगलवार रंगपुरबाट अघि बढ्दै भारतको सिलिगुडीमा पुग्नेछन् भने बुधवार नेपालको भरपुरमा पुग्नेछन् । विहीवार तीन देशका ३० पाहुना सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले काभ्रेको धुलिखेलम स्वागत गर्ने कार्यक्रम छ ।

फाेटाे -द डेली स्टारबाट


  •  
  •  
  •