एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बन्दका कार्यक्रम यथावत

296
  •  
  •  
  •  

काठमाडौँ, १६ पुस (ओएनएस) :  एमाओवादी नेतृत्वको विपक्षी ३० दलीय मोर्चाले यसअघि घोषणा गरेको अन्दोलन यथावत नै रहेको जनाएको छ ।

साथै मोर्चाले संविधान निर्माणको विषयमा उत्पन्न विवादलाई समाधान गर्न संविधानसभा र वार्ताको माध्यमवाट सहमतिको प्रयासलाई निरन्तरता दिने नीति बनाएको जनाएको छ ।

मोर्चाले काँग्रेस र एमाललेप्रति गंभिर आरोप लगाउँदै प्राप्त अधिकारहरु खोस्ने र मुलुकलाई २०४७ सालतिर धकेल्ने षड्यन्त्र गरिरहेकोले आन्दोलनको कार्यक्रम जारी रहेको बताएको छ ।

मोर्चाले मुलुकलाई महेन्द्रकालीन अञ्चल र विकास क्षेत्रहरुको संरचनातिर फर्काउने, देशमा राजनीतिक अस्थीरता फैलाउने निरंकुश र जनविरोधी क्रियाकलापहरु भइरहेको अरोप लगाउँदै आन्दैलन गर्नुको विकल्प नभएको बताएको हो ।

मोर्चाले काँग्रेस र एमालले संविधानसभा भित्रको गणितको घोडा चढेर अहिलेसम्म भएका सम्पूर्ण सहमति र सम्झौताहरुलाई अस्वीकार गर्दै मुलुकलाई प्रतिगमनतिर लैजाने दुस्शाहस गरेको भनि मोर्चाले आरोप लगाएको छ ।

सहमति, सहकार्य र सहयात्रालाई छोडेर मुलुकलाई फेरि द्वन्द्व र मुठभेडतिर धकेल्न खोजिएको भन्दै संविधानसभाबाटै पहिचान र अधिकारलाई सुनिश्चित गर्ने संविधान घोषणा गराउन बाध्य पार्न सडकको दबाव अपरिहार्य गर्न बाध्य भएको जनाएको छ ।

यसअघि माओवादीले पुस १९ गते ७५ जिल्लाहरुमा एकै दिन जुलुस र सभा गर्ने , पुस २५ देखि पुस २९ सम्म – प्रदेशहरुमा आलोपालो गरी आमहड्ताल (बन्द) गर्ने , जसमा पुस २५ – खसान÷खप्तड, कर्णाली, पुस २७ – किरात÷ खम्बुवान, लिम्बूवान, मगरात र तमुवान, पुस २८ – थरुहट÷थारुवान र मधेश (अवध, मिथिला, भोजपुरा र कोचिला, पुस २९ – नेवा र ताम्सालिङ÷तामाङसालिङ र माघ ५ नेपाल बन्द गर्ने घोषणा गरेको थियो ।


  •  
  •  
  •